होमल्ययाण्ड स्पोर्टस क्लबको आयोजनामा काठमाण्डौ ओपन ईन्टरनेशनल ग्रान्डमास्टर चेस प्रतियोगिता हुने

  • admin April 5, 18 11:59 am
  • Comments
  • 619 Views

१०० बिदेशी खेलाडीको सहभागिता रहने , १० लाख रुपैंया नगद पुरस्कार

नेपालमा खेलकुदको व्यवसायीकरण गर्ने उद्देश्यका साथ चेस (बुद्धिचाल) खेलको अन्र्तराष्ट्रिय प्रतियोगिता हुने भएको छ । होमल्ययाण्ड स्पोर्टस क्लब नेपालद्धारा पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

उक्त पत्रकार सम्मेलन सम्बोधन गर्दै, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे
ले नेपालमा हुने अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई उत्साहित बनाएको बताए । लाखेले चेस खेलमा नेपाली खेलाडीहरु विश्वस्तरमा प्रतिश्पर्धा गर्न योग्य भएको संदेश दिनका लागि पनि यस्ता प्रतियोगिता आवश्यक हुने बताए ।
यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र कुमार पौडेलले नेपालमै सर्वाधिक पुरस्कार राशिको यस्ता प्रतियोगिताले खेलाडी, प्राविधिक तथा प्रशिक्षकहरुलाई अनुबन्धित गरेर नियमित प्रशिक्षण गर्ने गराउने तथा आयआर्जनमा पनि नियमितता ल्याउन योगदान पु¥याउने चर्चा गर्दै यस्ता प्रतियोगिताले व्यवसायिक रुपमा अघि बढ्दै जान सहयोग पुग्ने धारणा राखे ।

मुख्य प्रायोजककातर्फबाट बोल्दै केन्साइ नेरोल्याक कलर जापानका नेपाल प्रमुख मनोज कुमार मिश्रले अन्र्तराष्ट्रियको प्रतियोगितामा प्रायोजकका रुपमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे । केन्साइ नेरोल्याक कलर जापानलगायत बीस भन्दा बढी स्वदेशी कम्पनी प्रायोजक रहने पत्रकार सम्मेलनमा जनाएको छ ।

होमल्ययाण्ड स्पोर्टस क्लबका अध्यक्ष प्रकाश अधिकारी र मुख्य प्रायोजककातर्फबाट केन्साइ नेरोल्याक कलर जापानका नेपाल प्रमुख मनोज कुमार मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार अब तीन वर्षसम्म यो अन्तरष्ट्रिय प्रतियोगितालाई केन्साइ नेरोल्याक कलर जापानले प्रायोजन गर्नेछ ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिका अनुसार, नेपालमै सर्वाधिक पुरस्कार राशिको मानिएको छ । कुल १० लाख रुपैंया नगद पुरस्कार भएको विज्ञप्तिमा जनाएको छ ।
उक्त प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, स्पेन, रसिया, ईजरायल, अजरवैजान, रोमानिया, भारत, श्रीलंका, भुटान, बेलारुस, बंगलादेश, मलेसिया, भियतनाम र केन्या गरी १ सय जना तथा नेपालका ८० गरी जम्मा १ सय ८० खेलाडीको सहभागिता रहने छ । स्विस लिग अनुसार ९ चरणसम्म चल्ने प्रतियोगितामा १२ जना ग्रान्डमास्टर, १४ जना ईन्टरनेशनलमास्टर, १० जना फिडेमास्टर, १० जना क्यान्डिडेटमास्टरको सहभागिता टुंगो लागिसकेको विज्ञप्तिमा जनाएको छ । प्रतियोगितामा नेपालका वर्तमान तथा पूर्व राष्ट्रिय च्यापियनहरु एवं ओलम्पियाड खेलाडी लगायत प्रायः सबै शीर्ष खेलाडीको मात्र सहभागिता रहने जनाइएको छ ।
चेस खेलाडीलाई ईन्टरनेशनलमास्टर तथा ग्रान्डमास्टर बन्न आवश्यक पर्ने नर्म सर्टिफिकेट प्राप्तिका लागि प्राविधिक हिसाबले यस प्रतियोगितालाई विश्व चेस जगतले नै महत्वपूर्ण रुपमा लिएको उल्लेख गर्दै प्रतियोेगिता आयोजनाका निमित्त नेपाल बुद्धिचाल संघ, एसियन चेस फेडेरेसन तथा वल्र्ड चेस फेडेरेसनसँग आवश्यक प्रक्रिया सम्पन्न भैसकेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिता सञ्चालन गर्न नेपाल, भारत, बंगलादेश र श्रीलंकाका अन्तराष्ट्रिय आर्विटर (निणार्यक) हरु निम्ताइएका नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष विदुर प्रसाद गौतमले जानकारी दिएका छन् ।

यस्तै, नेपाल पर्यटन बोर्डका तर्फबाट विनाशकारी भुकम्प पश्चात नेपालमा ठुला प्रतियोगिताहरु नभइरहेको सन्दर्भमा नेपाल सुरक्षित रहेको सन्देश दिन आवश्यक रहेको बताउँदै यस किसिमको प्रतियोगितामार्फत नेपालको समग्र पर्यटन प्रवद्र्धनमा विश्व समुदायमाझ सकारात्मक उर्जा प्रवाह हुने विश्वास व्याक्त गरेको छ । विशेषतः भूकम्पको विध्वंशात्मक स्वरुप मात्र संप्रेषित भैरहेको विश्व पर्यटन बजारमा यस प्रतियोगितात्मक उत्सवले सकारात्मक संदेश प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।
यस सम्पन्न गर्नको लागत रकम ७८ लाख रुपैंयाँ हुने अनुमान गरिएको छ । प्रतियोगिता यही चैत्र २९ गतेबाट बैशाख ४ गतेसम्म काठमाडौको बुढानिलकण्ठ स्थित पार्क भिलेज होटल एण्ड रिसोर्टमा प्रतियोगिता आयोजना गरिने छ ।

अन्तराष्ट्रिय महत्वको यस प्रतियोगिताले स्वदेश तथा विदेशमा रहेका खेल प्रेमी, पर्यटन व्यवसायी एवम् समस्त नेपालीहरुमा उच्च आत्मसम्मान तथा गौरवको महशुस हुने प्रेस विज्ञप्तिमा जनाएको छ । ‘देशको संवृद्धि ः खेलमार्फत सिर्जनशिलता र स्फूर्ति’ भन्ने लक्ष्य रहेको उक्त कार्यक्रमलाई उत्सवको रुपमा प्रस्तुत गर्न पनि सबैसँग आग्रह गरिएको छ ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...