मस्याङदी नदीको किनारमा खुले रिर्सोट

  • admin April 9, 18 8:22 am
  • Comments
  • 93 Views

बन्दीपूर ५ ढावमा ८ करोडको लगानीमा मस्याङ्दी रिभर भ्यू रिर्सोट सञ्चालन भएको छ । महेन्द्रमोहन भट्टराई र सिता भट्टराईले करीव २३ रोपनी जग्गामा फैलिएको रिर्सोट सञ्चालनमा ल्याएका हुन् ।
काठमाण्डौं–पोखरा पृथ्वीराजमार्गको विमलनगर चूनपहराभन्दा करीव १ किलोमिटर पर राजमार्गभन्दा २ सयमिटर तल मस्र्याङदी नदी किनारमा रिर्सोट छ । रिर्सोट निर्माण गर्न करीव १५ महिना लागेको रिर्सोटकी अध्यक्ष सीता भट्टराईले बताएकी छिन् । रिर्सोटमा स्वीमिङ पुल, बालिकाका लागि चिल्ड्रेन गार्डेन, दुई सय जनासम्म अट्न सक्ने क्षमताको हल, ३० जना क्षमताको बैठक हल निर्माण गरिएको सञ्चालक महेन्द्रमोहन भट्टराईले बताए ।
तनहुँको डुम्रे बजार र त्यसभन्दा पर एवम् विमलनगर, आँबुखैरेनी, गोरखाको च्याङ्ली लगायतका क्षेत्रमा समेत कार्यक्रम गर्न एक सुविधा सम्पन्न हल नभएको र समस्यामा आफैं समेत परेकोले रिर्सोटमा सुविधा सम्पन्न हलको व्यवस्था गरिएको सञ्चालक।े बताएका छन् । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी मस्याङदी नदीको किनारमा रिर्सोट निर्माण गरिएको भट्टराईले जानकारी दिइन । आवासीय रुपमा बस्नका लागि १० वटा सेमी डिलक्स रुम निर्माण गरिएका छन् ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...