मेलम्चीको अन्तिम सुरुङको पनि ब्रेक थ्रु

  • admin April 10, 18 9:53 am
  • Comments
  • 131 Views

मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको पनि आज ब्रेक थ्रु भएको छ । प्राविधिक रुपमा सुरुङ खनेर सोमबार नै सकिएको भए पनि ब्रेक थ्रु को औपचारिक कार्यक्रम भने चैत २९ गते राखिएको छ । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्टुङ खण्डमा ब्रेक थ्रु भएको हो ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताएकी छिन् । अब फिनिसिङको काममात्र हुनेछ’ उनले भनिन् ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो । दुईवटा खण्डको यसअघि नै ब्रेक थ्रु भइसकेको छ ।
खानेपानी मन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी खान पाउने दावी गरिन् ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...