आज पञ्चेश्वरमा सहमति जुटाउन नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक हुँदै

  • admin April 23, 18 5:51 am
  • Comments
  • 81 Views

आज पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने बिषयलाई लिएर नेपाल र भारतका अधिकारीवीच छलफल हुँदैछ ।
काठमाडौंमा शुरु हुने नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको नीति, कार्यक्रम तथा आर्थिक विषयमा एकरुपता दिनेवारे छलफल हुनेछ । यो परियोजना २३ बर्षदेखि चर्चामा भएता पनि यसको काम भने अगाडि बढ्न सकेको छैन । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा एकरुपता बनेको छैन । आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच विवाद भएको छ ।
भारतीय पक्षले तल्लो शारदा बाँधमा उपलब्ध हुने पानीको मात्रामा तलमाथि हुन नहुने मत राखेको छ भने नेपालले बराबरीको धारमा पानी उपलब्ध हुनुपर्ने अडान राख्दै आएको छ । बैठकमा यी विवादित विषयमा सहमति जुटाउने प्रयास हुनेछ ।
पञ्चेश्वर विकास प्राधिकरणको नीति,कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको प्राधिकरणले जनाएको छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...