गोरखामा स्थानीयद्वारा मर्मतको माग गर्दै सडक बन्द

  • admin May 2, 18 8:10 am
  • Comments
  • 163 Views

सडक मर्मत नगरेको भन्दै गोरखाको बाह्रकिलो सिर्दी पुल वरपरका वासिन्दाले सडक अवरुद्ध गरेका छन् । मर्मतका लागि बारम्बार आग्रह गरे पनि वेवास्ता गरेको भन्दै उनीहरुले आज सडक अवरुद्ध पारेका हुन् ।
सडकमा खाल्डो परेको छ ठुला गाडी जसोतसो गुडे पनि साना गाडीलाई निकै समस्या छ, स्थानीय प्रेमबहादुर तामाङले भने, ‘बाटो मर्मत गरिदिनुर्पयो भनेर बारम्बार जोड गरेपनि वास्ता गरेनन् बन्द गर्न बाध्य भयौं ।’ बाटो मर्मत नगरेसम्म सडक अवरुद्ध हुने उनले बताए ।

स्थानीयले सिर्दी खोल पुलमा काठ तेस्र्याएर सडक अवरुद्ध पारेपछि गोरखाको बाह्र किलो हुदै भालुँस्वारा, बारपाक लगायतका ठाउँमा जाने सवारी साधन रोकिएका छन् । ‘पहिले लगातार दुई पटक ट्रक खसेपछि बाटो मर्मत गर्न भनेर अलिअलि पैसा नगरपालिकाले हालेको थियो, अलिअलि काम गरेको जस्तो र्गयो अहिले फेरि पहिलेको जस्तै हालत छ,’ स्थानीय अमृत लामिछानेले जानकारी दिए ।
यो सडकमा सरकारले सडक मर्मत कर उठाउने गरे पनि काम नगरेको उनको आरोप छ । सडक बिग्रिएर सवारी आवागमनमा समस्या भएपछि स्थानीयहरुकै पहलमा केही मर्मत समेत गरिएको थियो । तर नालीको उचित व्यवस्थापन नहुँदा समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।
‘पहिले सडक मर्मत गरेर नाली बनाइदिन्छु भनेर तिन लाख रकम पारेर काम पनि शुरु र्गयो तर नाली पनि बनाएन काम पनि राम्रो गरेन,’ स्थानीय प्रेमबहादुर तामाङले भने, ‘अहिले बर्खा लागेपछि त गाडी चल्न साह्रै समस्या भयो ।’ उक्त सडक ग्राभेल गरेर नालीको व्यवस्था गरिदिन स्थानीयले माग गरेका छन् ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...