- 977-1-5188255,
- homelandmedia7@gmail.com
ऐतिहासिक गोरखा संग्राहालयको काखमा रहेर पनि अत्यन्त फोहोर र अब्यवस्थित रहेको पुरानो बसपार्कमा आइल्याण्ड बन्ने भएको छ । गोरखा नगरपालिकाको लगानीमा बसपार्कमा आइल्याण्ड बन्नलागेको नगरप्रमुख राजनराज पन्तले बताएका छन् ।
‘बसपार्क अत्यन्त फोहोर र अब्यवस्थित भयो, यसलाई कसरी ब्यवस्थित बनाउने भनेर हामीले अध्ययन गर्याैँ, सबैसंग छलफल गर्याैँ, अनि आइल्याण्ड निर्माणको प्रक्रिया अघि बढायौ’ ।
बसपार्क क्षेत्रमाअब्यवस्थित ढंगले सवारी पार्किङ बढेको र फोहोर मैला फाल्ने क्रम बढेपछि नगरपालिकाले सो क्षेत्रलाई ब्यवस्थित बनाउन लागेको जनाएको छ । ‘बसपार्क क्षेत्र त डम्पिङ साइट जस्तो पो भयो, सबैले फोहोर ल्याएर फाल्ने, राती दिशापिसाव गरिदिने, अनि गाडीहरु पनि सबै अस्तब्यस्त तरिकाले राखिदिने, अब यो सब रोकिन्छ, हेर्न लायक बन्छ’ नगरप्रमुख पन्तले भने ।
हाल अस्तब्यस्त राखिने गरेका सवारी साधनहरु समेत यस क्षेत्रबाट हटाइने नगरप्रमुख पन्त बताए । अब्यवस्थित पार्किङले संग्राहालय र गोरखा दरबारको समेत सौन्दर्य बिगारेको उनको भनाई छ । ‘बसपार्कबाट माथी हेर्यो म्युजियम पनि छेक्किन्छ, दरबार पनि नदेखिने, जताततै फोहोरका डंगुरै डंगुर, यसले त गोरखाको परिचय नै बिगार्यो, अब बसपार्क बस स्ट्याण्ड हुन्छ, सबै बस यहाँ पार्किङ गर्न पाइदैन’नगरप्रमुख पन्तले भने ।
नगरपालिकाको करिब ७लाखलगानीमाबन्नलागेको आइल्याण्डका पहिलो चरणको काम सुरु भइसकेको छ । पहिलो चरणमा खाल्डो खन्ने, खम्बा गाढ्ने लगायतकाकाम सक्किएको नगरपालिकाले जनाएको छ । यस चरणमा आइल्याण्डमा दुबो लगाउने, आकर्षक लाइट जडान गर्ने, कम्पाण्डिङ गर्ने लगायतकाकामगरिने बताइएको छ ।
यसले जिल्लाको पर्यटन क्षेत्रमा समेत टेवापुग्ने बिश्वास लिइएको नगरप्रमुख पन्त बताए । ‘गोरखा भनेको ऐतिहासिक जिल्ला हो, यहाँ धेरै बाहिरका मान्छे आउँछन्, बसपार्कमा ओर्लने बित्तिकै मान्छेले जे देख्छन् त्यसले उसलाई भित्रि छाप पारेको हुन्छ, आशा छ अब आइल्याण्ड बनेपछि जिल्लाको पर्यटकिय क्षेत्रमा समेत मद्धत पर्याउँछ’ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...