- 977-1-5188255,
- homelandmedia7@gmail.com
पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माण क्रममा रहेको छ । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् ।
सेक्टरका प्रमुख कृष्णप्रसाद ढुंगानाका अनुसार जिल्लाको हुँगी, रानीघाट, पुट्टारघाट, गेझाको बर्दलेघाटमा दुई वर्षभित्र निर्माण कार्य पूरा हुने र यम्घाको दर्पुकघाट निर्माणका लागि डिजाइनको चरणमा रहेको छ । कालीगण्डकी किनाराका मानिसहरुलाई सहज रुपमा आवतजावत गर्न र यातायातले जोडिसकेकाले कृषि उपज सहज रुपमा बजार पु¥याउनका लागि यस्ता पुलहरुले सहयोग पुग्नेछ । पक्की पुल निर्माण पूर्व केही स्थानमा झोलुङ्गे पूल भए पनि ती पुल पुराना र जीर्ण भएकाले पक्की पुलको आवश्यकता रहेको सेक्टरका प्रमुखले जनाएका छन् ।
कार्यालयका अनुसार हुँगीको असेर्दीघाटमा निर्माणको चरणमा रहेको पुलको निर्माण कार्य आगामी असारमा सम्पन्न गर्ने गरी रु एक करोड ५२ लाख ४९९, रानीघाटमा निर्माणको अन्तिम चरणमा पुगेको पुल आगामी जेठसम्म निर्माण कार्य पूरा गर्ने गरी रु एक करोड ९० लाख ६ सय ९७, तनहुँ पाल्पा जोड्ने गरी पुट्टारघाटमा दुई वर्षमा सम्पन्न गर्ने गरी डिजाइनको चरणमा रहेको पुलको लागत रु दुई करोड ४७ लाख ९ शय ७९, गेझाको वर्दले र यम्घाको दर्पुकमा डिजाइनको चरणमा र दुई वर्षमा सम्पन्न गर्ने गरी रु पाँच करोड ४० लाख २१ को स्टिमेट गरिएको छ । यम्घाको दर्पुकमा भने डुंगाबाट नै वारपार गर्नुपर्ने बाध्यता कायमै रहेको बताइएको छ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...