टाटा मोटर्सको नयाँ टियागो डुअल टोन नेपाली बजारमा सार्वजनिक

  • admin May 10, 18 9:20 am
  • Comments
  • 219 Views

टाटा मोटर्सले नयाँ टियागो डुअल टोन मोडल नेपाली बजारमा सार्वजनिक गरेका छ ।
टाटाले आफ्नो पछिल्लो गाडी टियागो मोडलको अपार सफलता पछि आफ्नो पुराना तथा नयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेको हो ।
फुल अप्सन मोडलको २६ लाख ९५ हजार मुल्यको यो गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय भएको कम्पनीको दावी छ । यो गाडी १.२ लि. को रिभोटोर्न ईन्जिन सहित ८५ पि.एस. पावर भएको छ भने प्रति लि. २३.८४ कि.मि. माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
दुईवटा एस.आर.एस. एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड छ भने यसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लि. को बुट स्पेस उपलब्ध छ ।
टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नयाँ थप आकर्षक विशेषताहरु सहित आएको टियागो डुअल टोन टाटा ब्राण्डका गाडीहरु थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल भएको कम्पनीको दावी छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...