भूकम्प पिडितका लागि गोरखा नगरपालिका भित्र नक्सापास निशुल्क

  • admin May 11, 18 7:52 am
  • Comments
  • 159 Views

भूकम्प पिडितका लागि गोरखा जिल्लाका दुई वटै नगरपालिका भित्रे घर बनाउन नक्साको पैसा तिर्नु नपर्ने भएको छ । भारत सरकारको सहयोगमा युएनडिपीले सञ्चालन गरेको नेपाल आवास परियोजना मार्फत उक्त सुबिधा प्रधान गरिने भएको हो ।
‘हामीले सञ्चालन गरेको सामाजिक प्राविधिक सहजिकरण नक्सा पास स्टुडियो मार्फत उहाँहरुले उक्त सेवा पाउनुहुन्छ’ युएनडिपीका जिल्ला संयोजक राम सापकोटाले भने । घर निर्माण गर्नुअघि नक्सा तयार, नगरपालिकाको मापदण्ड अनुसार नक्सा र घर नबन्दा खेप्नुपरेको झन्झटबाट भने अब गोरखा र पालुङटार नगरबासीले मुक्ति पाउने भएका छन् ।
उक्त सेवा सुभारम्भ भएपछि गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले खुसि व्यक्त गर्दै नगरबासीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ‘अब नगरपालिकामा तिर्नुपर्ने दस्तुर बाहेक नक्सा पासको रकम तपाइँले तिर्नुपर्दैन यसले ठूलो मद्दत मिल्छ भन्ने हाम्रो विश्वास छ ।’ नगरपालिकाले नक्सापास नभएका घरलाई निर्माण अनुमती पनि नदिने हुँदा यसअघि कन्सल्टेन्सी वा कुनै प्राविधिकको सहायताले नगरबासीले नक्सा बनाउने गर्थे ।
घरको नक्सा पहिले जस्तो पास नहुने, लामो समय नगरपालिकामा रहने समस्याबाट पनि नगरबासीले छुटकारा पाउनेछन् । नगरपालिकामा नक्सापास स्टुडियोमा बसेका प्राविधिकले नक्सा तयार सँगै नगरपालिकामा पास गर्न पनि मद्धत गर्नेछन् । अन्य ६ वटा गाउँपालिकामा पनि उक्त कार्यक्रम लागु भएको भए पनि भवन आचार संहिता कायम नभएकाले नक्सा पास अनिबार्य छैन ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...