- 977-1-5188255,
- homelandmedia7@gmail.com
भूकम्पबाट पूर्ण रुपले क्षतिग्रस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माण वैशाख ३१ गतेदेखि सुरु हुने भएको छ ।
सोमवार बिहान काष्ठमण्डप मै क्षमा पूजा गर्दै काष्ठमण्डप पुनर्निर्माण कार्यको आरम्भ हुन लागेको हो ।
काष्ठमण्डप पुनर्निर्माण कार्य जनस्तरबाटै गर्नका लागि प्रदेश नम्बर ३ को काठमाडौं क्षेत्र नं. ८ ‘क’ बाट निर्र्वािचत सांसद राजेश शाक्यको अध्यक्षतामा हालै मात्र ५१ सदस्यीय ‘काष्ठमण्डप पुनर्निर्माण समिति’ गठन गरिएको छ ।
यो समितिलाई आवश्यक सहयोगका लागि काठमाडौं महानगरपालिका का मेयर बिद्यासुन्दर शााक्यको अध्यक्षतामा एउटा निर्देशक समिति गठन गरिएको छ भने काष्ठमण्डप प्रति सबैको अपनत्व भावना विकास गर्न समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूको एउटा संरक्षक समिति पनि गठन गरिएको छ ।
वैशाख ३१ गत कार्य आरम्भ भएपछि आगामी साढे ३ वर्षभित्र हाम्रो मौलिक परम्परागत बिधिद्वारा नै दिगो हुने गरी काष्ठमण्डपको निर्माण सम्पन्न गर्ने योजना राखिएको छ ।
साथै हाल अलपत्र अवस्थामा रहेका काष्ठमण्डपका काठहरूलाई सुरक्षित गर्न आजबाट लगातार ३ दिन स्वयंसेवीहरूले श्रमदान गर्ने कार्यक्रम रहेको छ ।
यी सबै काठहरूको नापनक्शा सहितको लगत राखी घाम पानीबाट बचाउने र पुनः प्रयोगमा ल्याउन सकिने सबै काठहरू पुनर्निर्माणमा प्रयोग गरिने छ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...