- 977-1-5188255,
- homelandmedia7@gmail.com
पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम शुरु भएको छैन ।
पर्वतको कुश्मा नगरपालिका–२ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय मावि जोड्ने सडकमा काम हुन नसकेको हो । २०७२ फागुनबाट काम शुरु भएको घुम्तीदेखि हिमालय मावि हुँदै पाङ पुगेर उक्त सडक जलजला गाउँपालिका–८ को दम्भाखोलामा जोड्ने योजना थियो । योजना अनुसार पोखरा–मालढुंगा–बेनी सडकको वैकल्पिक मार्गका रूपमा यो सडकलाई डबल लेनको बनाउने स्टिेटमेन्ट सडक डिभिजन कार्यालयले गरेको थियो ।
डबल लेनको सडकको १२ मिटर कालोपत्रे, तीन÷तीन मिटर सेड–ब्याक, दुईतर्फी नाली, कुश्मा–२ खुर्कोटको रिठेखोलामा पक्की पुल र अन्य स–साना खोल्सामा कल्भर्ट राख्ने योजना थियो । बहुवर्षे ठेक्का स्वीकृत भएको उक्त योजनालाई बागलुङको सडक डिभिजन कार्यालयले ठेक्का पनि लगायो ।
तर, तत्कालीन ठेकेदार डिबी तामाङले थोरै काम थालेर छाडे पनि हालसम्म योजनामा प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन डिभिजन कार्यालयले तदारुकता नदेखाएको स्थानीयको गुनासो छ । योजनाअनुसार बहुवर्षे ठेक्का स्वीकृत गराएर बेला रु ११ करोड बजेट विनियोजन भएको थियो ।
२२ किलोमिटर कालोपत्रे गर्न रु ५९ करोडको स्टिमेट थियो । रु ११ करोड बजेट छुट्टिएपछि काम पनि शुरु भएको थियो । गत वर्ष उक्त सडकका लागि रु ४८ करोड स्वीकृत भएको पूर्वसांसद अर्जुनप्रसाद जोशीले जानकारी दिनुभयो । कालोपत्रे गर्न भन्दै पुरानो ट्रयाक भत्काएपछि हिउँदका केही महिना चल्ने सडकमा दुई वर्षयता यातायात आवगमन ठप्प जस्तै छ । ढुंगा र गिट्टीले पुरानो सडक पुरिएपछि यतिबेला पैदलयात्रीलाई हिँड्न पनि असहज छ ।
सडक कालोपत्रे हुने भएपछि स्थानीय सरोकारवालाको पहलमा दुई वर्षअघि रिठे खोलामा पुलको योजना प¥यो । योजनाअनुसार पुलको काम शुरु भएको छ । खुर्कोटकै व्यवसायी राजु पौडेलले जिम्मा लिएको पुल आगामी असार मसान्तसम्म सक्नेगरी धमाधम काम अघि बढेको छ ।
डिभिजन प्रमुख थानेश्वर खत्रीका अनुसार यो वर्ष धेरै क्षेत्रीय सडकमा स्वीकृत बजेट सरकारले कटौती गर्दा पर्वतसहित धौलागिरिका अन्य सडकको काम पनि अघि बढ्न नसकेको हो ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...