राजस्थानलाई हराउँदै कोलकाता प्लेअफ नजिक

  • admin May 16, 18 5:43 am
  • Comments
  • 117 Views

राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै कोलकाता नाइट रइडर्सले इण्डियन प्रिमियर लिग आईपीएलको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
इडेन गार्डेनमा भएको खेलमा कुलदिप यादवले ४ विकेट लिएपछि पहिला ब्याटिङ गरेको राजस्थान १९ ओभरमा १४२ रनमा अलआउट भयो ।
राजस्थानका लागि जोस बटलरले सर्वा्धिक २९ रन बनाए भने राहुल त्रिपाठीले २७ तथा जयदेव उनाड्कटले २६ रनको योगदान दिए ।
बलिङ तर्फ कुलदिप बाहेक प्रसिद कृष्ण र अन्द्रे रसेलले पनि २–२ विकेट हात पारे ।
१४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा ४ विकेट गुमाउँदै हासिल ग¥यो । क्रिस लिनको ४५ रन र दिनेश कार्तिकको ४१ रनको सहयोगमा कोलकाताले लक्ष्य सहजै भेटाएको हो । सुनिल नराइन र नितिस रानाले पनि २१–२१ रनको योगदान दिए ।
जितसँगै कोलकाताले १३ खेलबाट १४ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट राजस्थान १२ अंक सहित चौथो स्थानमा छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...