आइसिसी ११ खेल्न सन्दिप भोलि इङल्यान्ड जाँदै

  • admin May 28, 18 10:17 am
  • Comments
  • 61 Views

आइपिएल खेलेर निकै व्यस्त समय तालिकामा स्वदेश आएका नेपालका सन्दिप लामिछाने भोलि इङलयान्ड जाँदै छन् । क्यारेबियन क्षेत्रमा आँधिका कारण भत्किएका रंगशालाको संरचना पूनर्निर्माणका लागि आईसिसीले आयोजना गरेको च्यारिटी खेलको लागि सन्दिप त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
खेल आईसिसी ११ र वेस्ट इन्डिजबीच मे ३१ तारिखमा क्रिकेटको मक्का मानिने लर्ड्समा हुने छ । आइसीसीले सो खेलको लागि विश्वभरबाट ११ खेलाडीको सुची तय गरेको थियो, जसमा अन्तिममा सन्दिप अटाएका थिए ।
बंगलादेशका अलराउन्डर तथा कप्तान सकिब अल हसनले टोलीबाट नाम फिर्ता लिएपछि आईसिसी ११ मा सन्दीपलाई समावेश गरिएको थियो । सन्दीपले खेल्ने आईसिसी ११ टोलीमा रसिद खान, साहिद अफ्रिदीजस्ता चर्चित बलर छन् । सन्दिप आइपिएलमा अनुबन्ध हुनु नै आइसीसी ११ मा पर्नु मुख्य कारण हुन सक्छ ।
आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट ३ खेल खेलेर १२ ओभर वलिङ गर्दै ५ विकेट लिएर ८२ रन मात्र दिएपछि सन्दिपको चर्चा विश्वभर भएको हो । सन्दीपले महेन्द्रसिंह धोनी, विराट कोहली, एबी डे भिलियर्स, सेन वाट्सन, सुरेश रैना लगायतविरुद्ध कसिलो बलिङ गरेका थिए ।
केहीदिन अघि मात्र उनी नेपाल आएर गृहनगर चितवन गएका छन् । च्यारिटी लगत्तै सन्दिप वेष्टइन्डिजको चर्चित टि २० क्रिकेट प्रतियोगिता क्यारेवियन लिग खेल्न त्यसतर्फ जाने छन् ।

  • न्युज

न्युज

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...

सामाजिक मर्यादाविपरित सूचना माग्नु उचित हुदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह...