सातौं प्रोपर्टी मेला हुँदै

  • admin June 12, 18 8:26 am
  • Comments
  • 92 Views

 

नेपाल जग्गा तथा आवास विकास संघको प्रस्तुतिमा सातौं प्रोपर्टी मेला हुँदै छ । सेफ एण्ड अफोडेबल हाउजिङ नाराका साथ आयोजना हुन लागेको यस मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस् सवारी साधन, सजिसजावटका सामान बीमा,  बंैकिङ तथा वास्तुकला जस्ता बिषयमा स्टल रहने छन् । भृकुटी मण्डपमा असार १ गतेदेखि ५ गतेसम्म आयोजना हुने उक्त एक्स्पोमा भारत, चीन, मलेसिया र पाकिस्तानका व्यावसायीहरुले पनि चासो देखाएका आयोजकले जनाएको छ ।

आवास व्यवस्थापनका विषयमा अन्तराष्ट्रियस्तरको निर्माण सामग्री र विधिबारे एक्स्पोमा अन्तरक्रिया गरिने यस एक्स्पोका संयोजक विपिन चित्रकारले बताएका छन् । संयोजक चित्रकारका अनुसार सुलभ र सुरक्षित आवासमा सर्वसाधरणको पहुँच स्थापित गर्ने विषयका पनि छलफल हुनेछ ।

‘बृहत् घर जग्गा प्रदर्शनी’ नाम दिएको उक्त एक्स्पोमा घरजग्गा सम्वन्धी व्यावसायीको उल्लेख्य सहभागिता हुने जनाएको छ । मेलामा आवास कम्पनी, रियलस्टेट डेभ्लपर तथा निर्माण व्यवसायीहरुको सहभागिता रहनेछ । यस्तै, प्राविधिक सेवा र परामर्शका लागि इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टहरुद्वारा आवश्यक सुझाव तथा सल्लाह प्रदान गरिनेछ ।
उक्त एक्स्पोमा, आकर्षक इन्टेरियर डिजाइनर फर्निचर तथा फर्निसिङसम्वन्धी व्यावसायीहरुले पनि पछिल्लो समय लोकप्रिय भएको इन्टेरियर डिजाइन र फर्निचर सहजरुपमा उपलब्ध गराउने छन् । यस्तै विभिन्न स्किम सहित बैंक तथा वित्त संस्थाहरुले पनि कम र सहुलियत दरमा उपलब्ध गराउने कर्जा बारे जानकारी गराउने छन् ।

नेपालमा सुरक्षित र सुलभ आवास योजनाबारे नियमित गोष्ठी र सेमिनारमार्फत चासो राख्नेहरुका लागि जानकारी प्रदान गरिनेछ । यस्तै १८ र १९ तारिकमा याक एण्ड यतिमा ‘द न्यू अर्वन एजेण्डा इन हाउजिङ’ शीर्षकमा हाउजिङ समिट पनि हुनेछ । उक्त समिटमा भारत र मलेसियाबाट आएका किनोट स्पीकरद्वारा पेपर प्रस्तु्त गरिने छ । विश्वव्यापी रुपमा आएका आवास सुरक्षा र सजावटबारे नयाँ विधि तथा प्रविधिबारे विशेष छलफल हुनेछ । यसपटकको एक्स्पोमा करिब १ सय ५० स्टल रहने आयोजकले जनाएको छ ।

 

असार १ देखि ५ गतेसम्म राजधानीमा हुने घरजग्गा मेलाको प्रायोजन एनआइसी एसियाले गर्ने भएको छ । मेलाको तयारीबारे जानकारी दिदैं नेपाल जग्गा तथा आवास विकास संघले मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्टलहरु रहने जनाएको हो । कार्यक्रममा संघका महासचिव मीनमान श्रेष्ठले सरकारले वर्षमा ३ पटकसम्म जग्गा कित्ताकाट गर्ने व्यवस्था मिलाउनु पर्ने बताए । सरकारले नयाँ आर्थिक वर्षको बजेटमा मान्यता प्राप्त संस्थाबाट मात्रै घरजग्गा कारोबार गर्ने नियमको स्वागत गर्दै यसबाट सरकारको कर असुलीमा सहयोग पुग्ने बताए ।

संघले अब थोरै आम्दानी हुनेहरुलाई पनि लक्षित गरी हाउजिङको विकास गर्ने तयारी गरेको मेला आयोजक समितिका संयोजक विपिन चित्रकारले बताए । घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामाग्री बिक्रेता तथा सेवा प्रदायक संस्थाहरुका लागि मेला साझा मञ्च बन्ने आयोजकले विश्वास लिएको छ ।

मेलाको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ । नेपाल राष्ट्र बैंकले रियलस्टेटमा ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको प्रति टिप्पणी गर्दै व्यवसायी एवम् अध्यक्ष इच्छाराज तमाङले बढाएर ६० प्रतिशत पराउनु पर्ने तर्क राख्नु भयो ।

हाउजिङ समिट पनि हुने

संधले पत्रकार सम्मेलन गरी आवास व्यवस्थापनका विषयमा अन्तराष्ट्रियस्तरको निर्माण सामग्री र विधिबारे हाउजिङ समिटको आयोजना गरिने जानकारी गरएको छ । हाउजिङ समिट समितिकी संयोजक संगिता सिंहका अनुसार कम मूल्यमा कसरी आवास उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा पेपर प्रस्तुत हुनेछ । यस्तै ‘माइ राइट टु हाउजिङ’ लगायतका शीर्षकमा पेपर प्रस्तुत गरिने छ । एक्स्पोमा अन्तरक्रिया गरिने यस एक्स्पोका संयोजक विपिन चित्रकारले बताएका छन् । संयोजक चित्रकारका अनुसार सुलभ र सुरक्षित आवासमा सर्वसाधरणको पहुँच स्थापित गर्ने विषयका पनि छलफल हुनेछ ।

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...