निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गरिने

  • admin June 13, 18 6:16 am
  • Comments
  • 49 Views

 

निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । अर्थमन्त्री खतिवडाले नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । महासंघका कार्यबाहक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा  गएको प्रतिनिधिमण्डलले सरकारी निकायले भुक्तानी गर्नुपर्ने रु ४२ अर्बभन्दा बढी रकम प्राप्त नहुँदा देशभरका व्यवसायी मारमा परेको जानकारी अर्थमन्त्री खतिवडालाई गराएको थियो ।

प्रतिनिधिमण्डलले अत्यधिक भार भएका उपकरणमा लाग्ने कर मिनाहा गरिदिन आग्रह गरेको थियो । प्रतिनिधिमण्डलले निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव, व्यवसायी मैत्री ऐन कानूनको आवश्कयता, निर्माणमा सरकारी निकायबीचको समन्वय अभाव लगायतका विषयमा समेत अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको थियो ।

महासंघले हालै जारी गरिएको सही कारोबारसहित विवरण बुझाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरको बक्यौता देखाउने निर्माण व्यवसायीलाई ब्याज तथा हर्जाना छुट गरिने सूचनाप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो । सूचनाले इमान्दार व्यवसायीलाई मर्का पर्ने र विवरण नबुझाउने तथा बक्यौता नदेखाउने प्रवृत्ति बढ्न गई राजश्वको लक्ष्य प्राप्तिमा असर पर्न जाने जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले बताए । व्यवसायीले तिर्नुपर्ने सबै मूल्य अभिवृद्धि कर तथा आयकर २०७५ पुस मसान्तसम्म बुझाएमा ब्याज र हर्जाना छुट दिने सुविधा दिन तथा एक पटकका लागि बुझाउन बाँकी बक्यौता राजश्व फरफारक गर्ने अवसर प्रदान गर्नका लागि पहल गरिदिन आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार यक्षध्वज कार्की, महासचिव रामशरण देउजा, लोकतान्त्रिक निर्माण व्यवसायी महासंघका अध्यक्ष हुमनाथ कोइराला, निर्माण उद्योग परिषद्का महासचिव केदार कँडेल, महासंघका जनसम्पर्क अधिकृत गिरी लगायतको सहभागिता रहेको थियो ।

 

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...