जनकपुर–जयनगर ब्रोडगेज रेल चलाउने मोडालिटी छिट्टै

  • admin June 20, 18 6:40 am
  • Comments
  • 195 Views

सरकारले नेपालको एकमात्रै जनकपुर–जयनगर रेलमार्ग पुनःसञ्चालनको मोडालिटीमा भारत सरकारसँग छलफल सुरु गरेको छ । यसका लागि भारतीय रेल्वे अधिकारीहरु काठमाडौंमा छन् । भौतिक पूर्वाधार तथा यातायात मनत्रालयका वैदेशिक महाशाखा प्रमुख केवबराज शर्माकाअनुसार विभिन्न मोडलका विकल्पहरुमाथि छलफल भइरहेको छ ।
ब्रोडगेज लिक बिछ्याउने काम लगभग सकिएपछि अब रेल किनेर आफैंले चलाउनेसहति अन्य दुई विकल्पहरु देखिएका छन् । भाडामा रेलगाडी ल्याएर चलाउने र कन्ट्रयाक्टमा अन्य कम्पनीलाई आउटसोेर्सिङ गरेर चलाउन दिने विकल्प पनि सरकारसँग छ ।
यो वर्ष बजेटले यो रेलमार्गमा रेलगाडी किन्न बजेट पनि छुट्याएको छ । तर, उपयुक्त विकल्पअनुसार नै मोडालिटी तय गर्ने शर्माले बताए । ‘रेल चलाउन हाम्रो आफ्नै कानुन छैन । यसका लागि ऐनसहित कार्यविधिहरु पनि जरुरत पर्नेरहेछन् । तर, तत्कालै रेल चलाउन के गर्न सकन्छि भनेर गृहकार्य गरिरहेका छौं,’ उनले भने ।
यो छलफलपछि नेपाल र भारतीय संयुक्त कार्यदलले रेल चलाउने उपयुक्त मोडल प्रस्ताव गर्नेछ । त्यसअनुसार करिब ३ हप्तापछि दुईदेशबीच बस्ने उच्चस्तरीय बैठकले मोडालिटीको टुंगो लगाउनेछ ।
यसअघि रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई ३ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको अवधारणा बनाएको थियो ।
ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि आउटसोर्सिङको तयारी गर्नै पर्ने तर्क रेल्वे अधिकारीहरुको छ । केही वर्ष बाहिरका कम्पनीलाई व्यवस्थापनको जिम्मा दिनु ठीक हुन्छ ।’ ३ वर्षका लागि आउटसोर्सिङ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्नुपर्ने ती अधिकारीको सुझाव छ ।
कुर्ता–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिँदैछ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भइरहेको छ । सन् २०१४ बाट यसको सुरुवात भएको थियो, यसैकारण जनकपुर–जयनगर रेल सेवा विगत ४ वर्षदेखि बन्द अवस्थामा छ ।

ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम सकिएको छ । पुल तथा कल्भर्ट बनिसकेका छन् । स्टेशनहरुको निर्माण पनि सकिएको छ । अब सञ्चालनको मोडालिटी तय भएपछि देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने छ ।
३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइँदैछ । भारतीय कम्पनीले कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृह पनि बनाइसकेको छ । कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई २ वषभित्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोड्ने योजना रहेको छ । कुर्ता–जनकपुर–जयनगर खण्डतर्फ भने लिक लगभग तयार छ । तर, अहिलेसम्म लिकमा गुडाउन रेल र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भएको छैन ।

  • न्युज

न्युज

सार्वजनिक सवारी साधनले पालना गरेनन् फोहोर नफाल्ने नियम

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल...

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...