आज प्रदेश नं ५ मा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

  • admin June 21, 18 6:19 am
  • Comments
  • 104 Views

प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिएको छ ।
बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी विपक्षी दलका प्रदेशसभा सदस्यले बजेट बहुमतको दम्भमा आएको आरोप लगाएका छन् ।
विपक्षी दलका प्रदेशसभा सदस्य वैजनाथ कलवारले बजेटको विषय संशोधन नभए रोष्टम घेरा गर्ने चेतावनी दिँदै बजेटका लागि हामी मन्त्रालयको ढोका ढक्ढक्याउने पक्षमा छैनौ भने । ख प्रदेशसभा सदस्य विष्णु पन्थीले बजेटले सामाजिक उत्तरदायित्वको भावना बोकेको उल्लेख गर्दै कार्यान्वयन भए प्रदेश सरकारको सपना साकार हुने बताए । प्रदेशसभा सदस्य इन्द्रजीत थारुले बजेट संघीय सरकारमा आश्रित भएको टिप्पणी गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाका लागि राष्ट्रिय पुँजीको विकास आवश्यक छ भने ।
प्रदेशसभा सदस्य जल्पा भूषालले बजेट क्षेत्रगत र भौतिक सन्तुलन कायम गर्न सक्षम भएकोमा जोड दिँदै कृषि, पर्यटन, उद्योगलाई प्राथमिकतामा राखेर बजेट आएको बताए ।
प्रदेशसभा सदस्य तारा जिसीले बजेटमा गरिवी घटाउने योजना ठोस रुपमा नआएको उल्लेख गर्दै सन्तुलनमा राखेर बजेटको बाडफाँड आवश्यक भएको जिकिर गरे ।
प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेले बजेट रक्षात्मक अवस्थामा आएको टिप्पणी गर्दै प्रदेशसभा सदस्यले चन्दा र दक्षिणा मागेका होइनन, अधिकार मागेको हो भने । अर्का सदस्य धर्म बहादुरलाल श्रीवास्तवले सबै क्षेत्रलाई ओगटेको बजेट भएपनि केही विषय छुट भएकाले त्यसलाई समावेश गर्न आग्रह गरे ।
प्रदेशसभा सदस्यले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ को पर्यटन विकासको विषय रणनीतिक लक्ष्य भएको जानकारी दिँदै पर्यटनको कुरा गर्ने हो भने मोनोरेलको अवधारणा अनिवार्य आवश्यक्ता हो भने ।
उनले स्मार्ट कृषिका लागि रु २६ करोड छुट्टाइएको उल्लेख गर्दै सडक सञ्जालले विभिन्न जिल्लालाई जोडेर विकास गर्ने लक्ष्य लिइएको बताए ।
बैठकमा प्रदेश नं ५ को प्रदेशसभा पहिलो संशोधन नियमावली २०७५ सर्वसम्मतीले पारित भएको छ । यसअघि प्रदेशसभा नियमावली २०७४ लाई संशोधन गर्न बनेको मस्यौदा नियमावली प्रदेश नं ५ को प्रदेशसभा पहिलो संशोधन नियमावलीमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रदेशसभा सदस्य कृष्णध्वज खडकाले प्रस्तुत गरेका थिए ।
त्यस्तै मुख्यमन्त्री तथा आर्थिक मामिला एवं योजनामन्त्री शंकर पोखरेलले सेवा र कार्यका लागि विनियोजन सम्वन्धमा बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...