आज प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटबार्ता

  • admin June 21, 18 7:02 am
  • Comments
  • 86 Views

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहीबार समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गर्ने भएका छन् ।
भ्रमणको तेस्रो दिन प्रधानमन्त्री केपी ओलीले ग्रेट हल अफ दी पिपलमा चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने भएका हुन् । सोही भेटवार्तापछि रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सहित हुनेछ । जसमा नेपाल–चीनबीच उर्जा सहयोग, अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण लगायतका विषय समेटिने छन् ।
चीनको स्वसाशित क्षेत्र तिब्बतको सिगात्से आइपुगेको रेलमार्ग केरङ हुँदै काठमाडौं जोड्न नेपाल र चीनबीच बेइजिङमा सम्झौता हुन लागेको हो । यसअघि बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ओलीबीच भएको भेटवार्तामा राष्ट्रपति सीले चिनियाँ रेल छिट्टै काठमाडौँ पुग्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।
विगत केही बर्षयता केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे बहस हुँदै आएको छ । दुई वर्ष अघि प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दा यो परियोजना अगाडि बढाउने सहमति नै भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्षले नेपाल र भारतको सिमा क्षेत्रसम्म रेलमार्ग विस्तारको तयारी अन्तर्गगत आफ्नो रेलमार्ग तिब्बतको सिगात्सेसम्म विस्तार गरिसकेको छ । बुधबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री ओलीसँगको भेटमा रेलमार्गको परियोजना तीब्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको समेत बताएका थिए ।
राष्ट्रपतिसी र प्रधानमन्त्री ओलीबीचको भेटवार्तापछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ५र७ वर्षमै केरुङ–काठमाडौं रेलमार्ग निर्माण गरिसक्ने तालिका बनाएर काम गर्ने विषयमा छलफल भएको बताएका छन् । मन्त्री ज्ञवालीका अनुसार अहिले भइरहेको पूर्व संभाव्यता अध्ययन अर्को दुई महिनाभित्रै सक्ने गरी तयार गरिएको समझदारीपत्रमा बिहिबार हस्ताक्षर हुन्छ ।
त्यसपछि सिधै विस्तृत परियोजना प्रतिवेदन बनाइनेछ । तर, यो रेलमार्ग निर्माण गर्न लगानी कसले गर्ने भन्नेबारे अझैसम्म खुलाइएको छैन ।
श्रोतका अनुसार नेपाली पक्षले चीनलाई लगानी गर्न भनेपनि उसले प्रष्ट जवाफ दिइनसकेको बताइएको छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...