- 977-1-5188255,
- homelandmedia7@gmail.com
काठमाण्डौं स्थित किंग्स कलेजले यसै वर्षदेखि नेपालमा पहिलो पटक एमबिए इन नन् प्रफिट म्यानेज्मेन्ट र एमबिए इन एग्री विजनेश संचालन गर्ने भएको छ । अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा साउनदेखि कक्षा संचालन हुनेछ । यी दुबै कार्यक्रमहरु नेपाली परिवेश सुहाउँदो हुने गरी नेपालमै तयार गरिएको छ । उक्त कार्यक्रमहरु त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत भइसकेको कलेजले जनाएको छ ।
नेपालको उच्च शिक्षालाई समयसन्दर्भ अनुसार पाठ्यक्रमको विकास गरी विद्यार्थीहरुलाई विषय छनोटको विकल्प प्रदान गरिने पनि कलेजले जनाएको छ । शिक्षालाई ब्यक्ति, समाज तथा राष्ट्र विकासमा एक सशक्त माध्यम बनाउन सघाउनुपर्ने आजको आवश्यकतालाई मध्यनजर गरी यी शैक्षिक कार्यक्रमहरु संचालन हुन लागेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नोबेल पुरष्कार विजेता मोहम्मद यूनुसद्धारा प्रतिवादित एवं प्रबद्र्धत सामाजिक उद्यमशिलताको धारणासँग मिल्दोजुल्दो गैर नाफामुलक क्षेत्रको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा वर्तमान समयमा बढेर गएको सन्दर्भलाई मनन गरी र नेपालमा प्रचुर सम्भावनाको बाबजुत कृषिक्षेत्र अझै पनि परंपरागत तथा जीविकामा आधारित रहेकाले यसलाई आधुनिक, एक प्रमुख औधोगीक क्षेत्र र अर्थतन्त्रको मूल आधार बनाउनुपर्ने अवस्थामाथि केन्द्रित हुँद्रै सोका लागि आवश्यक जनशक्ति तथा उद्यमीहरु तयार गर्नको लागि यी दुई समयसापेक्ष कोर्षहरु पठनपाठनमा ल्याउन लागिएको कलेजको सिईओ नरोत्तम अर्यालले बताएका छन् ।
पछिल्लो समय, दातृ निकाय निर्दे्शित वा परनिर्भर मानसिकतालाई चुनौती दिइ बदलिँदो सामाजिक, राजनीतिक तथा आर्थिक परिवेशमा स्ववलम्बन तथा आत्मनिर्भरतातर्फ प्रेरित गर्ने कार्यक्रमको अवश्यकता भएको कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...