ज्योति विकास बैंकको एटिएम ठमेलमा

  • admin June 22, 18 10:23 am
  • Comments
  • 70 Views

ज्योति विकास बैंक लि. ले आफ्नो ग्राहक वर्गहरुमा सेवा विस्तार गर्ने क्रममा काठमाडौंको ठमेल सातघुम्तीमा एटिएम सेवा संचालनमा ल्याएको छ ।
यससँगै वैंकले १८ स्थानबाट एटिएम सेवालाई आफ्नो ग्राहकवर्गमा पुर्याएको छ । हालै मात्र वैंकले एससिटी कार्डलाई प्रतिस्थापन गरि भिसा डेबिट कार्ड ल्याएको हो ।
यस बैक ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ ।
आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, ए.टि.एम. सेवा, ३६५ दिने बैंकिङ्ग सेवा साथै आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालनमा ल्याएको छ । हाल बैंकले ५७ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...