गोरखामा राष्ट्रिय वाणिज्य बैकको स्वास्थ्य शिविर संचालन

  • admin June 24, 18 9:36 am
  • Comments
  • 72 Views

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले गोरखा जिल्लाको गण्डकी गांउपालिका वडा नः ५ दर्बुङ्ग स्थित बुढिगण्डकी आयोजनाबाट प्रभावितका लागि स्वास्थ्य शिविर कार्यक्रम शनिबार संचालन गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजीत कार्यक्रमको उद्घाटन गर्दै बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा नियमित रुपमा सहयोग पुर्याउँदै आईरहेको र भविष्यमा पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्य र गोरखा जिल्ला गण्डकी गाउंपालिकाको समन्वयमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा स्थानीय विरामीहरुलाई जनरल, मानसीक र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श सेवा प्रदान गरी औषधी समेत वितरण गरिएको थियो ।
स्थानीय जनसमुदायको भव्य उपस्थिति रहेको सो कार्यक्रममा बैंकले वित्तीय सचेतना कार्यक्रम समेत संचालन गरेको थियो ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...