आइपुग्यो ‘अन्नपूर्ण’

  • admin June 28, 18 5:06 am
  • Comments
  • 68 Views

नेपाल वायुसेवा निगमले खरीद गरेको एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूण वाइडबडी विमान आज काठमाडौँ आइपुगेको छ ।
२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ ।
विमानले व्यवसायीक उडान आगामी अगस्त एकदेखि गर्ने बताइएको छ । विमान केही समय हालकै नियमित गन्तव्यमा उडान भर्ने र पछि साउदी अरवको रियादमा थप उडान भर्ने निगमको योजना रहको छ । निगमले चाडैनै जापान र कोरियामा उठान भर्ने तयारी गरिरहेको छ । दोस्रो वाइडबडी विमान पनि डेढ–दुई महिनाभित्र अवतरण हुने निमगले जनाएको छ । निगमसँग अहिले अन्तर्रा्ष्ट्रिय उडानमा दुइटा एयरबस ए३२० र एउटा बोइङ ७५७ छन् ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...