ब्राजिल र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा

  • admin June 28, 18 5:54 am
  • Comments
  • 89 Views

पाँच पटकको च्याम्पियन ब्राजिल र स्विट्जरल्याण्ड फिफा विश्वकप अन्तर्गत समुह ई बाट नकआउट चरणमा प्रवेश गरेका छन् । समुहको अन्तिम खेलमा ब्राजिलले सर्वियालाई दुई शुन्यले हराउदै समुह विजेताका रुपमा अन्तिम १६ मा स्थान पुग्न सफल भएको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो आधा घण्टा ब्रजिलले सर्वियासँग गोल रहित बराबरी खेलेपछि ३६ औं मिनेटमा पउलिन्होको गोल मार्फत पाँच पटकको च्याम्पियन ब्रजिलले अग्रता बनायो । सर्वियाका डिफेन्डरको गल्तिको फाइदा उठाउदै उनले गोल गरे ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा झन आक्रामक फुटबल खेल्यो । दोस्रो हाफको सुरुमा नै दुई वटा सुन्दर मौका पाएको ब्राजिलका लागि नेयमार र फिलिप कोउटिन्हाले मौका खेर फाले । तर ६८ औं मिनेटमा ब्राजिलले अन्तर दुई शुन्यमा पुर्यायो । नेयमारको कर्नरमा थिएगो सिल्भाले हेडर गोल गरे ।
त्यसपछि सर्विया खेलमा फर्कन निकै प्रयास गरेको थियो तर सफल हुन सकेन । उसका स्ट्राइकर मित्रोभिचले दुई पटक डिबक्समा गोलको मौका पाउदा पनि सहि दिशा दिन सकेनन । खेलको अन्तिम १० मिनेटमा ब्राजिलले अरु दुई वटा सुन्दर मौका पाएको थियो । तर असफल बन्यो । अब ब्राजिलले प्रिक्वाटरफाइनलमा मेक्सिकोसँग खेल्नेछ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...