जर्मनी विश्वकपबाट बाहिरियो

  • admin June 28, 18 6:03 am
  • Comments
  • 70 Views

जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको छ । समूह एफ को अन्तिम खेलमा दक्षिण कोरियासँग २–० गोलले पराजित हुदै जर्मनी विश्वकप फुटबलबाट बाहिरिन पुगेको हो ।

समूह चरणबाटै बाहिरिएको जर्मनीले दक्षिण कोरियाविरुद्ध खराब प्रदर्शन गर्यो । सुरुदेखि नै बल नियन्त्रण राखेपनि जर्मनीले गोल गर्न सकेन । विश्वविजेता विश्वकप फुटबलदेखि बाहिरिएसँगै स्वीडेन र मेक्सिको भने नकआउट चरणमा प्रवेश गरेका छन् ।

खेलको अन्तिम समयमा दक्षिण कोरियाले २ गोल गर्न सफल भयो । दक्षिण कोरियाले ३ मिनेटको फरकमा २ गोल गर्न सफल भयो । दुबै गोल दक्षिण कोरियाले थप गरिएको अतिरिक्त समयमा गोल गर्न सफल भएको थियो ।
यसअघि पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । जर्मनीलाई पराजित गरेको दक्षिण कोरिया पनि विश्वकपबाट बाहिरिएको छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...