विश्वकपको नकआउट चरणमा खेल्ने बल सार्वजनिक

  • admin June 29, 18 4:54 am
  • Comments
  • 125 Views

विश्वकप फुटबलको आधिकारिक निकाय फिफाले जारी विश्वकपको नकआउट चरणमा खेल्ने बल सार्वजनिक गरेको छ । जसको नाम टेलस्टार मेस्टा १८ दिइएको छ । समूह चरणका खेलमा एडिडासको टेलस्टार १८ प्रयोग भइरहेको छ । तर, नकआउट चरणका खेलमा एडिडास टेलस्टार मिस्टा १८ प्रयोग हुनेछ ।
नयाँ बलमा सेतो रंगसँगै रातो र कालो मिक्स रंगको प्रयोग गरिएको छ । जसलाई रसियाको राष्ट्रिय रंगबाट प्रभावित भएको मानिएको छ । बलको रंगले नकआउट चरणका खेलले सृजना गर्ने गर्मीलाई संकेत गर्ने बताइएको छ । टेलस्टार मिस्टा १८ प्राविधिक रुपमा केही फरक रहेको एडिडासका उपाध्यक्ष लोकेसले बताएका छन् ।
टेलस्टार मिस्टालाई नयाँ तरिकाले डिजाइन गरिएको लोकेसले भनेका छन् । शनिबारबाट सुरु हुनलागेका नकआउट चरणका खेलमा पहिलो पटक उक्त बलको प्रयोग हुनेछ । फिफाले उक्त बललाई नजिकैको सञ्चार चिपमा जडान गर्ने र उक्त बल स्मार्टफोन प्रयोगकर्तासँगको सम्पर्क रहने बताएको छ ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...