देशभरका नदीमा जलसतह बढ्दो, सतर्क रहन आग्रह

  • admin July 2, 18 7:44 am
  • Comments
  • 143 Views

गएरातिदेखि परेको अविरल वर्षाका कारण देशका सबै सानाठूला नदीमा जलसतह बढ्न थालेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकालीलगायत मुख्य नदीको जलबहाव एकदम तीव्र छ । जुनसुकै बेला जलमग्न बनाउन सक्ने भएकोले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमका मोहना, बबई, पश्चिम राप्ती र आसपासका साना जलाधारमा भारी वर्षा भइरहेकाले जलसतह खतराकै आसपास रहेको बताइएको छ ।

पूर्व तथा मध्यक्षेत्रमा पनि भारी वर्षा भइरहेको छ । वर्षाबाट मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बूढीखोला, त्रियुगा, खाँडो, गागन, लालबकैया, कमला, पूर्वी राप्ती, बागमती, रिउखोलालगायत चुरे आसपासबाट बहने सबै नदीहरूमा जलसतह बढेको छ । जुनसुकै बेला खतरा निम्त्याउन सक्नेतर्फ सचेत रहन सरकारले आग्रह गरेको छ ।

महाशाखाले मंगलबार कोसी, कर्णाली, महाकालीका शाखा नदीमा पानीको सतह सतर्कताको तहमा पुग्ने अनुमान गरेकाले तटीय क्षेत्रमा सुरक्षा तथा सावधानी अपनाउन आग्रह गरेको छ ।

मनसुन न्यून–चापीय रेखा नेपालतर्फ सरेकोले आगामी तीन दिन देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

 

  • न्युज

न्युज

सार्वजनिक सवारी साधनले पालना गरेनन् फोहोर नफाल्ने नियम

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल...

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...