सुन तोलामा ४०० रुपैयाँले बढ्यो

बुधबार सुन तोलामा ४०० रुपैयाँले बढेर ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार ५७ हजार २ सय रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।