मिर्मिमा टेलिफोन क्षमता विस्तार

  • admin July 4, 18 7:39 am
  • Comments
  • 136 Views

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय क्षेत्रको रुपमा रहेको मिर्मिमा आफ्नो पीएसटीएन टेलिफोन लाईन तथा एडीएसएल वितरणको क्षमतामा विस्तार गरेको छ । विस्तार पश्चात अब पीएसटीएन तथा एडीएसएल सेवाका नयाँ उपभोक्ताहरुले सहजै सेवा प्राप्त गर्ने भएका छन् ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायका अनुसार मिर्मिका उपभोक्ताहरुले नयाँ लाइन नपाएका कारण एडीएसएल समेत चलाउन नपाएको अत्याधिक गुनासो आएको र उपभोक्ताको माग सम्बोधनस्वरुप हाललाई यस अघि वितरित लाइन भन्दा ४८ लाइनको क्षमता मात्रै विस्तार गरिएको हो ।

तथापी आगामी दिनमा माग बढ्दै गए पुनः क्षमता विस्तार गर्दै लगिनेछ उनले बताए । समयमा नयाँ लाइन नपाएका कारण विगत दुई महिनादेखि लाईनको पर्खाइमा रहेको प्राइम कमर्शियल बैंक मिर्मि शाखाले अब आफूलाई आवश्यक लाइन तुरुन्त पाइने भएकोमा खुसि लागेको बैंकका शाखा प्रबन्धक लोक बहादुर कुँवरले बताए ।

नेपाल टेलिकमद्वारा वितरित पीएसटीएन लाइन भरपर्दो टेलिफोनका रुपमा लिइन्छ भने सो मार्फत फाइभ एमबीपीएस स्पिड क्षमता भएको हाईस्पिड ब्रोडव्याण्ड एडीएसएल इन्टरनेट समेत सहजै चलाउन सकिन्छ ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...