एसियन पेन्ट्सले इन्जिनियरका विद्यार्थीलाई सम्मान

  • admin July 4, 18 8:40 am
  • Comments
  • 77 Views

एसियन पेन्ट्स नेपालले आर्किटेक्चरका विद्यार्थीहरुलाई सम्मान गरेको छ । कम्पनीले ४ बर्षदेखि हरेक वर्ष नेपालका विभिन्न क्याम्पसका आर्किटेक्चर विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराउदै आएको छ । यसै क्रममा विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई सम्मान गरेको हो । कम्पनीको यसपटकको वास्तुशास्त्र अन्तरगतको प्रतिस्पर्धामा काठमाडौं इन्जिनियरिङ कलेजका विद्यार्थी निकेश महर्जन पहिलो हुन सफल भएका छन । यसैगरी, अनिल वाइबा दाश्रो भएका थिए । साथै कार्यक्रममा आर्किटेक्ट विषयसँग आवद्ध विभिन्न क्याम्पसका शिक्षक, इन्जिनीयरहरुलाई पनि सम्मान गरेको थियो । कम्पनीले उक्त प्रतिस्पर्धामा आवद्ध ३० जनालाई सम्मान गर्नुका साथै सोही विषयमा पुर्व थेसिस टपर ५ जनालाई पनि सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. त्रिरत्न बज्राचार्यले एशियन पेन्ट्सले आयोजना गरेको सम्मान कार्यक्रमले यस विषयसँग सम्बन्धित विद्यार्थी तथा इन्जिनीयरलाई हौसला मिल्ने भन्दै एशियन पेन्ट्सको प्रशंशा गर्नु भयो ।

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...