लुकाकु र केन गोल्डेन बुटका दाबेदार

  • admin July 8, 18 9:28 am
  • Comments
  • 103 Views

रसियामा जारी फिफा विश्वकपका क्वार्टरफाइनल खेलहरु शनिबार सकिएका छन् । सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । विश्वकवका ६४ खेलमध्ये ६० खेल भइसकेका छन् । अहिलेसम्म सम्पन्न खेलमा सर्वाधिक गोलकर्ता खेलाडी, सबैभन्दा धेरै गोल गर्ने राष्ट्र र सबैभन्दा बढी गोलका लागि प्रयास गर्ने खेलाडी को–को हुन् त ?

ह्यारी केन–६ गोल
यसपटकको विश्वकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड अहिलेसम्म इंग्ल्यान्डका कप्तान ह्यारी केनको छ । २४ वर्षीय केनले खेलेका ५ मध्ये ३ खेलमा ६ गोल गरेका छन् । उनले समूह चरणमा पानामाविरुद्धको खेलमा ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, ट्युनिसियाविरुद्धको खेलमा २ गोल गरे । कोलम्बियाविरुद्धको खेलमा १ गोल गर्दै उनी जारी विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन केनले ६ गोलको योगदान दिएका छन् । केन रसिया विश्वकपमा गोल्डेन बुटको दाबेदारसमेत हुन् ।

पछ्याउँदै लुकाकु

उनीसँगको प्रतिस्पर्धामा छन् सेमिफाइनल पुगेको अर्को मुलुक बेल्जियमका फरवार्ड रोमेलु लुकाकु । उनले अहिलेसम्म ४ गोल गरेका छन् । त्यस्तै, ४ गोल गर्नेमा यसअघि नै विश्वकपबाट बाहिरिसकेको टिम पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो र आयोजक राष्ट्र रसियाका डेनिस चेरिसेभ छन् ।

बेल्जियमको १४ गोल
जारी विश्वकपमा अहिलेसम्म सबैभन्दा धेरै गोल बेल्जियमले गरेको छ । उसले खेलेका ५ खेलमा १४ गोल गरेको छ । बेल्जियम विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।

समूह चरणमा बेल्जियमले पानामालाई ३—०, ट्युनिसियालाई ५—२ र इंग्ल्यान्डलाई १—० गोलले पराजित गरेको थियो । त्यस्तै, प्रि—क्वार्टरफाइनलमा बेल्जियमले जापानलाई ३—२ गोलले पराजित गरेको थियो भने क्वार्टरफाइनल खेलमा ब्राजिललाई २—१ गोलले जितेको थियो ।

सर्वाधिक गोल प्रयास नेयमारको
क्वार्टरफाइनल खेलमा बेल्जियमसँग २—१ गोलले पराजित हुँदै ब्राजिल जारी विश्वकपबाट बाहिरिसकेको छ । ब्राजिलका स्टार नेयमारले रसियामा ५ खेल खेले, जसमध्ये उनले सबैजसो खेलमा गोल गर्ने प्रयास गरेका थिए ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...