बेनीमा बसपार्क निर्माण शुरु

  • admin July 9, 18 6:51 am
  • Comments
  • 89 Views

बेनी नगरपालिका–८ कालीपुलमा बसपार्क निर्माणको काम शुरु भएको छ ।

जिल्ला सदरमुकाम बेनीमा सवारी पार्किङको समस्या समाधानका लागि बेनी नगरपालिकाको पहलमा बसपार्क निर्माणको काम शुरु भएको हो ।

एक दशकअघिदेखि बसपार्कका रुपमा प्रयोग गरिँदै आएको ठाउँमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागिएको वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए ।

विसं २०६४ भदौमा पर्वत र म्याग्दीको सिमानामा रहेको कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि सञ्चालन भएको बसपार्क एक दशकपछि व्यवस्थित गर्ने काम शुरु भएको हो ।

नगरपालिकाले गत वर्ष तयार पारेको गुरुयोजनाअनुसार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बसपार्क पहिलो चरणमा ढलान र नाली निर्माणको काम शुरु गरेको हो । उक्त योजनाका लागि यस वर्ष रु ४० लाख विनियोजन भएको थियो ।

सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिएको छ ।

धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहजरुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माण गर्न भूगर्वविद् र प्राविधिक टोलीले गरेको सम्भाव्यता अध्ययनको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।

सुरुङ मार्गका पाँच वटा विकल्पसहितको प्रतिवेदन तयार पारिएको इञ्जिनियर कृष्ण गौतमले बताए । सबैभन्दा लामो पाँच किलोमिटर ५०० मिटर र सबैभन्दा छोटो दुई किलोमिटर ६०० मिटर दूरीको सुरुङ बनाउन सकिने इञ्जिनियर गौतमले जानकारी दिए ।

पूर्व सांसद गोविन्द पौडेलले लुलाङ गुर्जा सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । सम्भाव्यता प्रतिवेदनसहित डिपिआर तयार पार्न वा अन्य विकल्पको खोजी गर्न प्रदेश, संघीय सरकार र दातृ निकायसँग प्रस्ताव गरिने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडकको विकल्पमा सुरुङमार्गको परिकल्पना गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । सवारीसाधन आवतजावत गर्ने, नभए पैदलमार्फत आवतजावत गर्नका लागि भए पनि सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाइ छ ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...