२ लाख ३५ हजार बढीले बनाए सुरक्षित घर

  • admin July 10, 18 10:36 am
  • Comments
  • 92 Views

पुनःनिर्माण प्राधिकरणको समयसीमा छोटिदै जादा २ लाख ३५ हजार ३ सय ९४ भूकम्पपिडितले सुरक्षित घर बनाएका छन् । प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आफ्नो कार्यकालमा सबैभन्दा बढी घर बनेको जानकरी दिदै सो तथ्याङक सार्वजनिक गरेका हुन् । नौ महिनाको अवधिमा भूकम्पले भत्किएका एक लाख ७२ हजार ७८० घर पुनःनिर्माण भएका छन् भुसालले भने ।
पुनःनिर्माणका क्रममा बनेका घरहरुबारे जानकारी दिदै कात्तिक पहिलो सातासम्म पुनःनिर्माण सम्पन्न घर ६२ हजार ६ सय १४ रहेकामा अहिले २ लाख ३५ हजार ३९४ पुगेको बताए ।

प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा ३९ हजार ७ सय ८१ लाभग्राही गुनासोबाट थपिएको जानकारी दिनुभयो । कात्तिक पहिलो सातासम्म ४० हजार ९६७ लाभग्राही गुनासो सम्बोधनबाट थपिएका थिए । हालसम्म ८० हजार ७४८ लाभग्राही गुनासो सम्बोधनबाट थप भएका छन् ।

पाँच लाख चार हजार ६२ तयार हुँदै

प्रमुख कार्यकारी अधिकृत नियुक्त भएर आउनुअघिसम्म एक लाख ४७ हजार ६३५ घर पुनःनिर्माण शुरु भएकामा हाल पाँच लाख चार हजार ६२ पुगेको जानकारी दिदै पौने नौ महिनाको अवधिमा तीन लाख ५६ हजार ४२७ घर पुनःनिर्माण शुरु भएको बताए । प्राधिकारणका अनुसार, नौ महिनाको अवधिमा एक लाख ८१ हजार ९९८ ले तेस्रो किस्ता पाएका छन् । कात्तिक पहिलो सातासम्म १२ हजार ७२६ ले मात्र तेस्रो किस्ता पाएको प्राधिकरणले जनाएको छ । हाल यो संख्या एक लाख ९४ हजार ७२४ पुगेको छ । नौ महिनाको अवधिमा एक हजार ३२९ शैक्षिक संस्था, ७२ सुरक्षा निकायका भवन, ३९१ स्वास्थ्य संस्था, १२२ सरकारी भवन, ५५ पुरातात्विक सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति भई प्रबलीकरण सूचीमा यो अवधिमा २७ हजार ६३ घर प्रमाणित भई सूचीकृत भएका छन् ।

जोखिममा रहेका १८ हजार ५०५ परिवार पनि नौ महिनाको अवधिमा पहिचान गरिएको छ । यस अवधिमा अनुदान रकम अग्रिम निकासा पठाई अभाव हुन नदिएको, पुनः सर्वेक्षणबाट प्राप्त एक लाख गुनासोको सम्बोधन गरी भूकम्पपीडित सरकारी अनुदान पाउनबाट नछुटुन् भन्ने प्रत्याभूति गराइएको पनि भुसालले बताउनुभयो । मन्त्रिपरिषद्को असार २० गतेको निर्णयअनुसार आफू पदमुक्त भएकामा दुःख नलागेको बताउदै आफुलाई सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरुप्रति सन्तुष्ट रहेको बताए । भुसाललाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ६ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । भुसाल पूर्वसचिव हुनुहुन्थ्यो ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...