चर्किँदैअमेरिका –चीन व्यापारयुद्ध, यस्तो योजना अमेरिकाको

  • admin July 11, 18 9:31 am
  • Comments
  • 90 Views

(एजेन्सी)

चीन र अमेरिकाको बीचमा जारी व्यापारयुद्धले ठुलो रुप लिनसक्ने देखिएकाे छ । अमेरिकाले थप दुई खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामग्रीहरुमा आयात कर बढाउने तयारी गरेको हो । आगामी सेप्टेम्बरबाट कार्यान्वयन गर्ने गरी अमेरिकाले चिनियाँ सामग्रीहरुको सूची तयार पारेको हो ।

दुवै मुलुकहरुले एकअर्काका विरुद्धमा ३४ अर्ब डलरबराबरको सामग्रीहरुमा कर लगाउने निर्णय कार्यान्वयन गरेसँगै अमेरिकाले यस्तो तयारी गरेको हो । चीनले पनि अमेरिकाको कर बढाउने निर्णयको विरुद्धमा जवाफी कर बढाएको अवस्थामा थप सामग्रीहरुमाथि कर बढाइने चेतावनी अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिँदै आएका थिए ।

अहिले अमेरिकाले तयार पारेको सूचीमा छ हजार सामग्रीहरु रहेका छन् । जसमा खाद्यान्नका उत्पादनहरु, पौष्टिक आहारहरु र उपभोग्य सामग्रीहरु रहेको बताइएको छ ।

अगष्ट महिनाको अन्तिमसम्मको अवधिमा यो सूचीको विषयमा मानिसहरुको राय बुझ्ने काम हुनेछ र त्यसपछि १० प्रतिशतको कर बढाउने योजना कार्यान्वयनमा आउने बताइएको छ ।

अमेरिकाको यस किसिमको तयारी सार्वजनिक भएसँगै एसियाको सेयर बजारमा उल्लेख्य गिरावट आएको पाइएको छ । विश्वका ठुला दुई अर्थतन्त्र बोकेको मुलुकहरुको बीचमा देखिएको यस किसिमको तनावले विश्व बजार नै प्रभावित हुने अनुमान गरिएको छ ।

अमेरिकाको राष्ट्रपतिको कार्यालयले अहिले तयारी गरिको कर बढाउने निर्णय चीनले गरेको पक्षपाती व्यापारको जवाफ रहेको बताएको छ ।
चीनसँगको व्यापारको क्रममा अमेरिकालाई न्याय नभएको कारण यस किसिमको कर बढाउने योजना ल्याउनका लागि आफूहरु बाध्य भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

गत शुक्रबारदेखि दुवै मुलुकहरुले दुवै मुलुकबाट आयात हुने ३४ अर्ब डलरका सामग्रीहरुमा कर बढाउने निर्णय गरेका थिए । अहिले अमेरिका थप १६ अर्ब डलरका सामग्रीहरुमा कर बढाउने विषयमा छलफलको क्रममा रहेको छ । १६ अर्ब डलरका सामग्रीहरुमा कर बढाउने निर्णय भने यस महिनाको अन्तिमबाट कार्यान्वयनमा आउने बताइएको छ । अघिल्लो वर्षको विवरणअनुसार अमेरिकामा पाँच खर्बभन्दा बढी चिनियाँ सामग्रीहरु आयात हुने गरेको छ ।

 

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...