हुवाईको नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक

  • admin July 23, 18 8:05 am
  • Comments
  • 67 Views

चिनियाँ फोन उत्पादक कम्पनी हुवाईले नोभा सिरिजअन्तर्गतका पछिल्लो स्मार्टफोनहरू नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरेको छ ।
मानव जीवनलाई पूर्ण सहज बनाउने गरी बनाइएको आकर्षक डिजाइनका यी स्मार्टफोनहरूमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली एसओसी जडान गरिएको छ । अहिलेको समयमा आफ्नो जीवनका हरेका क्षणहरूलाई मानिसहरूले फोटो मार्फत् कैद गर्छन् । त्यसलाई नै मध्यनजर गर्दै हुवाईले पछिल्लो नोभा स्मार्टफोनहरूमा फोटो खिच्ने क्षमतामा निकै सुधार गरेको छ ।
हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै आर्टि्भिसल इन्टेलिजन्स एआई क्षमता भएको प्रणाली पनि जडित छ, जसले सेल्फी खिच्ने मज्जालाई नै एउटा नयाँ उचाइँमा पुर्याउँछ ।
हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवैमा दुईवटा फ्रन्ट क्यामराहरू, २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ ।
प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट हुनेगरी खिच्दछ भने सेकेण्डरी क्यामराले गहिराईका साथ खिच्दछ ।
क्यामरामा भएका दुईवटा सेन्सरहरूले साँच्चै नै उत्कृष्ट फोटोहरू खिच्दछ । सेल्फी खिच्ने मजालाई बढाउन हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवैले दृश्य चिन्ने क्षमता पनि रहेको छ ।
हुवाई नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफ र १.८ वाइड एपेर्चर ६पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ। यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि धेरै नियन्त्रण पनि दिन गर्दछ ।
हुवाई नोभा थ्री आईमा शक्तिशाला रियर क्यामराहरू पनि रहेको छ । रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सरपनि छ ।
उत्कृष्ट डिजाइन तथा आकर्षक रंग विकल्पहरूले हुवाईलाई फेसनएबल बनाएको छ । दुवै स्मार्टफोनहरूमा पछिल्लो पुस्ताको विशेषताहरू छन् । यी विशेषताहरुका कारण दुवै स्मार्टफोनहरूले ठूलो र स्पष्ट फोटोहरू खिच्दछन् । साथै अघिल्ला संस्करणका स्मार्टफोनहरू भन्दा यी स्मार्टफोनहरूको आकर्षक र पातलो पनि छ ।
दुवै फोनहरू आकर्षक रंगहरूमा उपलब्ध छन्। हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवै यस वर्षको चर्चित रंग प्रयोग भएको छ । हुवाईका दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ। हुवाई नोभा थ्रीको दुवै पट्टि स्मुथ डबल कर्भ ग्लास प्यानलले ढाकिएको छ भने पछाडिको प्यानलले रंगको ईभेक्टलाई अझ निखार्छ।

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...