जितसंगै इमरान खानले भनेः चीन, इरान र साउदी अरेबिया पाकिस्तानको वास्तविक मित्रराष्ट्र

  • admin July 27, 18 8:04 am
  • Comments
  • 287 Views

पाकिस्तानको निर्वाचनमा जित हासिल गरेसँगै इमरान खानले पाकिस्तानको लागि चीन, इरान र साउदी अरेबिया वास्तविक मित्रराष्ट्र रहेको बताएका छन् ।
यससँगै पाकिस्तानमा नयाँ सरकार आएपछि चीनको प्रभाव पाकिस्तानमा थप विस्तार हुनसक्ने देखिएको हो । उनले पत्रकार सम्मेलनमा आफ्नो सरकार चीन, इरान र साउदी अरबसँगको सम्बन्ध बलियो बनाउने दिशामा अघि बढ्ने स्पष्ट पारेका छन् ।
जितपछि आफ्नो विदेशनीतिको विषयमा बोल्दै उनले अमेरिकासँगको सम्बन्धमा सुधार गर्नु भने आफ्नो प्राथमिकतामा नरहेको संकेत दिएका छन् । उनले पाकिस्तानमा शान्तिको स्थापनाको लागि अमेरिकाको कुनै आवश्यकता नरहेको बताएका हुन् । उनले आगामी दिनमा अमेरिकासँगको सम्बन्धमा सुधार आउनसक्ने तर यो सम्बन्ध एकतर्फी हुन नसक्ने बताएका हुन् ।
खानले भारतलाई लक्षित गर्दै पाकिस्तानमा भइरहेको गलत गतिविधिहरुको कारक भारत रहेको बताए। उनले दुई मुलुकको बीचमा शान्ति कायम गर्नका लागि दुवै मुलुकहरु बराबरीमा आउनुपर्ने उनको भनाइ छ । यद्यपि उनले अर्को छिमेकी मुलुक चीनसँगको सम्बन्धमा भने थप सुधार हुने बताएका हुन् । उनले मुलुकको आर्थिक विकासको पाठ चीनबाट सिक्ने उनले बताएका हुन् ।
उनले साउदी अरेयिबा पाकिस्तानको लागि कठिन समयको साथी रहँदै आएको बताए । यसअघि तालिवानसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्ने धारणा राखेको भन्दै आलोचनाको सिकार भएका खानले अफगानिस्तानसँगको सीमा खुला राख्ने र शान्तिपूर्ण वार्ता गर्नु आफ्नो प्राथमिकतामा रहेको बताए । एजेन्सी ।

  • न्युज

न्युज

सार्वजनिक सवारी साधनले पालना गरेनन् फोहोर नफाल्ने नियम

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल...

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...