प्रधानन्यायाधीश अनुमोदनमा यस्ता हुन सक्छन् ३ विकल्प

  • admin July 31, 18 4:32 am
  • Comments
  • 19 Views

सर्टिफिकेट र अन्तरिम आदेशमाथि उठेका प्रश्नले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदन अनिश्चित बनेको खबर आजको नयाँ पत्रिका दैनिकले प्रमुखताका साथ छापेको छ ।
यसमा नयाँ पत्रिकाले तीन विकल्प पनि प्रस्तुत गरेको छ ।

पहिलो विकल्पमा जोशीलाई अस्वीकार गरेर विकल्पमा को ल्याउने भन्नेमा उत्साहजनक जवाफ नभएकाले उनकै नाम संसदीय विशेष सुनाई समितिले अनुमोदन गर्ने सजिलो बाटो पनि समितिले रोज्न सक्छ ।

यस्तै दोस्रो विकल्पमा संसदीय सुनुवाइको इतिहासमा बोल्ड डिसिजन गर्दै समितिले प्रस्तावित प्रधानन्यायाधीशलाई अस्वीकार गर्न सक्छ । यसका लागि जोशीको इजलासमा भएका विभिन्न विवादास्पद अन्तरिम आदेश र उनको शैक्षिक प्रमाणपत्रलाई पनि समितिले आधार बनाउन सक्छ ।

यस्तै विकल्प तीनमा उपसमिति गठन गर्न सक्नेछ । तत्काल खरो निर्णय दिन असजिलो भएमा समितिले छानबिन उपसमिति गठन गर्न सक्छ । यो अवस्थामा जोशीको इजलासले अहिलेसम्म दिएका आदेशमाथि मात्र होइन, उनको एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेटमाथि पनि अनुसन्धान हुनेछ ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...