अमेरिकाको चेतावनी एवं पछिल्लो सम्झौता विपरित उत्तर कोरियाले पुन: पारमाणविक परिक्षणको तयारी

  • admin July 31, 18 3:07 pm
  • Comments
  • 45 Views

अमेरिकाको चेतावनी एवं पछिल्लो सम्झौता विपरित उत्तर कोरियाले पुन:   पारमाणविक परिक्षणको तयारी गरेको छ ।

पछिल्लो समय अमेरिकासँगको सम्बन्धलाई सुधार्द लगेको उत्तर कोरियाले भित्रभित्र भने आणविक क्षेप्यास्त्र निर्माण गरिरहेको आशंका गरिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अमेरिकी स्पाई स्याटलाइटका तस्बिरको आधारमा उत्तरले यसअघि पनि क्षेप्यास्त्र बनाउन प्रयोग गरेको स्थानमा पुन:सोही प्रकृतिका गतिविधिहरु देखिएको अमेरिकी अधिकारीले उल्लेख गरेका छन् ।

यद्यपी क्षेप्यास्त्र बनाउने काम कति अगाडि बढेको छ, कति क्षमताको र कस्तो प्रकारको हो भन्ने यकिन नभएको जनाइएको छ । गत जुन महिनामा मात्रै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरका नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटवार्तापछि उत्तर पारमाणविक परिक्षण नगर्ने विश्वास गरिएको थियो ।

उत्तरले केही आणविक भट्टीहरु समेत नष्ट गर्न सुरु गरेको थियो । यसबारे उत्तरले कुनै प्रतिक्रिया दिएको छैन ।  ९ महिनायता उत्तरले कुनैपनि पारमाणविक परिक्षण गरेको छैन ।

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...