भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

  • admin August 1, 18 10:45 am
  • Comments
  • 33 Views

सुविधासम्पन्न  भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ ।

नेपाल सरकारको तीन सय शैयया र अस्पताल विकास समितिको तीन सय शैयया गरी हाल अस्पतालमा छ सय शैयया सञ्चालनमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रबिन खड्काका अनुसार राजनैतिक दलका प्रतिनिधि, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, अस्पतालका विभागीय प्रमुख लगायतको सर्वपक्षीय भेलाले अस्पताललाई केन्द्रीय तहको बनाउने र शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न पहल गर्ने निर्णय गरेको छ ।

मुलुकको मध्यभागमा रहेको भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् । अस्पतालले चितवनसहित त्यसवरपरका २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा दिएको तथ्यांक छ । अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ७२ हजार ६०६ बिरामीको उपचार गरिएको थियो ।

काठमाडौँको प्रसुतिगृहपछि बढी प्रसुति गराउने भरतपुर अस्पताल हो । गत आर्थिक वर्षमा १६ हजार २४३ गर्ववतीको प्रसुति गराइएको थियो । तीन हजार दुई सय ६३ सुत्केरीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

मेडिकल सुपरिटेण्डेन्ट खड्काका अनुसार १४ वटा विभागमार्फत् अस्पतालले सेवा दिँदै आएको छ । राजधानी बाहिर अन्य अस्पतालले सो परिमाणमा सेवा दिन नसकेको उहाँको दाबी छ ।

प्रदेश नं ३ का सांसदसमेत रहनुभएका अस्पताल विकास समितिका पूर्वअध्यक्ष बिजय सुबेदीले अस्पताललाई कम पूर्वाधार विकास गरेर पनि सुविधासम्पन्न बनाउन सकिने भएकाले भरतपुर अस्पताललाई केन्द्रीय तहको अस्पताल बनाउनुपर्ने बताउनुभयो । प्रकोपका बेला नागरिकलाई छिटो छरितो सेवा दिन सक्ने गरी देशकै नमूना अस्पताल भरतपुरलाई बनाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्ष, शल्यक्रियाका लागि छ वटा अत्याधुनिक टेवल, न्यूरो सर्जरी उपकरण, डायलसिस सेवा, जोर्नी प्रत्यारोपण सेवा, सिटिस्क्यानलगायत सेवा उपलब्ध छ ।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष राजकुमार राजभण्डारी यस क्षेत्रका २२÷२३ जिल्लाका बिरामीलाई सेवा दिने अस्पताल केन्द्रीय तहको अस्पताल हुनुपर्ने बताउनुहुन्छ । यसका लागि सरकारले नीतिगत निर्णय गरेर आवश्यक भौतिक पूर्वाधार थप गरी देशकै उत्कृष्ट अस्पताल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अस्पतालको आफ्नै नाममा ३१ बिगाहा ११ कट्ठा जग्गा रहेको छ । अस्पतालमा हाल प्रविणता प्रमाणपत्र तह र स्नातक तहको नर्सिङ पढाई भइरहेको छ । अस्पतालमा सरकारी र विकास समितितर्फ गरी ६७२ कर्मचारी कार्यरत छन् । एक सय २३ चिकित्सक मात्र कार्यरत छन् ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...