- 977-1-5188255,
- homelandmedia7@gmail.com
बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको भारतीय फिल्ड अफिस’ आजदेखि बन्द भएको छ ।
भारतले १० वर्षअघि नेपाल सो कार्यालय स्थापना गरेको थियो । नेपल सरकारले पटक पटक कार्यलय हटाउन आग्रह गरेको थियो ।
काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेर अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने स्पष्ट गरेको छ ।
सरकारले फिल्ड अफिस हट्नुलाई आफनो ठूलो उपलब्धीमध्ये एक मानेको छ । सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले विराटनगमा क्याम्प अफिस स्थापना गरेको थियो ।
नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि भन्दै सो कार्यालय खोलिएको थियो । तर, कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द भएको थिएन ।
नेपालमा एमाले र माओवादी मिलेर शक्तिशाली सरकार बनेपछि भारत आफ्नो फिल्ड अफिस हटाउन तयार भएको थियो । यस अघि भारतीय विदेश मन्त्रालयले जेठ ८ गते विराटनगरमा रहेको एउटा विवादित अफिस बन्द हुने जनाएका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाल सरकारलाई यसबारेमा जानकारी दिएको बताएका थिए ।
प्रवक्ताले भनेका थिए ‘कोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिको सामना गर्न सन् २००८ मा भारतीय दूतावासको क्याम्प अफिस खोलिएको थियो । जुन उद्देश्यका साथ सो क्याम्प अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । भारत सरकारले उक्त क्याम्प बन्द गर्ने र त्यहाँको कर्मचारीलाई स्थानान्तरण गर्ने जानकारी दिइसकेको छ । यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा आफ्ना समकक्षीलाई सुनाएका थिए । नेपालका प्रधानमन्त्रीले यो निर्णयप्रति प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको छ ।’
भारतीय प्रधामन्त्री मोदीले २८ र २९ वैशाखमा नेपालको भ्रमण गरिसकेपछि फिल्ड कार्यालयको उद्देश्य पूरा भइसकेकाले हटाउन निर्देशन दिएका थिए । फिल्ड अफिसले संवेदनशिल सूचना संकलन गरेर काठमाडौंस्थित भारतीय दूतावासमा पठाउने गरेको आरोप लाग्ने गरेको थियो ।
भारतीय क्याम्प अफिसबाट चिनियाँ नाकासम्मको गतिविधि हेर्नेदेखि पूर्वी नेपाल र मधेशमा राजनीतिक चलखेलसम्मका गतिविधि हुने गरेको आरोप थियो ।
नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । सो कार्यलय अगाडि अज्ञात समूहले बम विस्फोट गराएको थियो । घटनामा विप्लवको पार्टीको हात रहेको आंशका गरिएको थियो ।

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...
जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...
नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...