नेपाली बजारमा सामसङ ग्यालेक्सी जे८

  • admin August 1, 18 2:35 pm
  • Comments
  • 49 Views

सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी जे८ स्मार्टफोन प्रस्तुत गरेको छ । जे८ सामसङको इन्फिनिटि सिरिज अन्तर्गतको एक हिस्सा हो । जसमा ६ इन्चको सुपर इन्फिनिटि डिसप्ले तथा डुयल क्यामेरा रहेको छ ।

जे८ मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको छ । यसको डुयल रियर क्यामराले जे८ स्मार्टफोनलाई अझ बढी अद्वितीय तुल्याएको छ । यसमा भएको आर्टि्फिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा व्याकग्राउन्ड तस्वीरलाई सहजै छुट्याउन सक्दछ ।
लाइभ फोकस फिचरले गर्दा प्रयोग कर्ताले सफा एवं स्पष्ट फोटो लिन सक्छन् । व्याकग्राउन्डलाई फोटो खिच्नु अगाडि वा खिचिसके पछि ब्लर बनाउन सकिन्छ । ग्यालेक्सी जे८ को नेपाली मूल्य केवल ३३४९० तोकिएको छ ।

यो फोन नेपाल अधिराज्यभरका रिटेलहरु मार्फत यही महिनादेखि उपलब्ध हुने छ । ग्यालेक्सी जे८ आकर्षक नीलो, कालो तथा ग्लोल्ड कलरमा उपलब्ध छ । आइ एम विजका प्रमुख प्रणय रत्न स्थापितले भने “ग्राहकहरुको चाहना एवं आवश्यकतलाई मध्यनजर गरी मोबाइल फोनको उत्पादन गर्दै आएका छौं ।
फलस्वरुप हामीले क्यामरामा केन्द्रित भई आफ्ना उत्पादनहरुलाई बजारमा ल्याएका छौं । आज संसारबाट डाउनलोड हुने ३ वटा एप्सहरु मध्ये २ वटा फोटो इडिटिङ्ग एप्स हुने गरेको छ । जहाँसम्म ग्यालेक्सी जे८ मा उपभोक्ताले कुनै पनि तेस्रो एप्प विना नै फोटोलाई सहजै इडिट गर्न सक्नुहुन्छ ।”
जे८ मा ४ं६४ जीवी र्यामररोममा उपलब्ध रहेको छ । (मेमोरी कार्डको माध्यमबाट २५६ जिबिसम्म बढाउन सकिने) । ग्राहकहरुकोे लागि ग्यालेक्सी जे८ मा ६००० एम बिको डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एम बि का दरले १२ हप्ता सम्म एनसेलको डाटा प्याक पनि निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...