एनसेलले ल्यायो ‘फुच्चे प्याक’

  • admin August 5, 18 3:33 pm
  • Comments
  • 59 Views

एनसेल प्राइभेट लिमिटेडले डेटा सेवा अन्तर्गत आफ्ना ग्राहकका लगि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याक अन्तर्गत कर बाहेक मात्र रु ५ (कर सहित रु ६.३८) मा २५ एमबि डेटा भोलुमको सेवा  लिन सक्नेछन् । फुच्चे डेटा प्याक आज (श्रावण २०) देखि लागु हुनेछ । यस डेटा प्याक अन्तर्गतको २५ एमबि डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजि, थ्रिजि तथा फोरजिमा बिहान ५ देखि बेलुका ५ बजे सम्म प्रयोग गर्न सक्नेछन् ।
ग्राहकले आफ्नो म्यासेज बक्समा ५ (अंगे्रजी अंक पाँच) टाइप गरि १७१२३ मा एसएमएस पठाइ फुच्चे प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ । सानो भोलुमको डेटा प्याक चलाउन चाहने ग्राहकका लागि मात्र रु ५ मा डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ । साथै यस डेटा प्याकले ग्राहकलाई थप मुल्य प्रदान गर्दै आफ्नो साथीभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास लिईएको छ ।

एनसेलले ग्राहकको माग अनुरुप सही, दामी तथा राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुरुप एक दिने, तिन दिने, साप्ताहिक तथा मासिक कुनै पनि डेटा प्याक सुचारु गर्न सक्दछन् ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...