पहिलो एकदिवसीय क्रिकेट ऐतिहासिक भयो : कप्तान पारस

  • admin August 6, 18 10:56 am
  • Comments
  • 30 Views

नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।

टिम नेपाल अहिले बिहान काठमाडौं आइपुगेको हो । नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलको थियो । जसमा नेपालले नेदरल्यान्ड्ससँग  सिरिज १–१ को बराबरीमा टुंग्याएको थियो ।

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले अन्तिम तथा दोस्रो खेलमा १ रनको शनशनीपूर्ण जित निकालेको थियो ।   नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय क्रिकेट सिरिज खेल्नुभन्दा अघि नेदरल्यान्ड्स र एमसीसीसँग इंग्ल्यान्डमा त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो ।

नेपाली टिमका कप्तान पारस खड्काले त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पहिलो एकदिवसीय क्रिकेट नेपालको लागि ऐतिहासिक भएको बताए ।

उनले आगामी दिनमा नेपालले धेरै खेल्न बाँकी रहेको बताउँदै अझै पनि सोचेअनुसारको खेल खेल्न नसकेको प्रतिक्रिया दिए । “पहिलो ओडीआई ऐतिहासिक भयो,” उनले भने, “आगामी दिनमा नेपालले धेरै म्याच खेल्नेछ । आफ्नो देशको लागि खेल्दा हरेकपल्ट देशलाई जिताउने प्रयास भइरहेको हुन्छ ।तर खेलमा कहिले जित र कहिले हार त अवश्य हुन्छ ।”

उनले अब आफूहरुको ध्यान एसिया कप छनोटमा केन्द्रित हुने पनि बताए ।

“महत्वपूर्ण खेलमा जित हासिल गर्यौं । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा हामी चुक्न पुगेका थियौं । यहि महिनामा एसिया कपको छनोट खेल हुँदैछ । अब हाम्रो ध्यान त्यता केन्द्रित हुनेछ,” कप्तान पारसले भने ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...