घट्टेखोलास्थित पक्की पुलको मर्मत शुरु

  • admin August 6, 18 12:18 pm
  • Comments
  • 46 Views

वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत शुरु भएको छ ।
रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्गअन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण सामग्री ढुवानी कार्य सम्पन्न गरी मर्मत कार्य शुरु गरिएको हो ।
ठाडो खोलामा पानीको बहाव ठूलो भएको र मेशिनसमेत लान नसकिने भएकाले मानिसद्वारा मर्मत कार्य अगाडि बढाइएको हो । उक्त पुल भदौको पहिलो हप्तासम्म मर्मत सम्पन्न गरी सवारीसाधन आवातजावत गराइने लक्ष्य लिई अगाडि बढाएको प्रमुख शाक्यले जानकारी दिएका छन् ।
जगमा असर परेका कारण उक्त पुलबाट अहिले सवारीसाधन आवातजावतमा रोक लगाइएको र व्यापारी व्यवसायीले थोर बहुत सामान बोकेर ओहरदोहोर गर्ने गरेको बताइएको छ ।
यही साउन ११ गतेको वर्षाले क्षति पुर्याएपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो ।
घट्टेखोलाको पुल क्षति भएका कारण दैनिक असुली हुने करीब रु १४ करोड भन्सार राजश्व घाटा भइरहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...