शनिबार बिमस्टेकको चौथो सम्मेलनको तयारी बैठक

  • admin August 8, 18 11:14 am
  • Comments
  • 30 Views

बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगला खाडीको प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको तयारीका लागि यही साउन २६ गते काठमाडौँमा विदेश सचिवस्तरीय बैठकको आयोजना हुने भएको छ । सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंँमा आयोजना हुने भएको छ ।

परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालका अनुसार बैठकमा सहभागी हुनका लागि सात वटै सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवहरू काठमाडाँैं आउने छन् । उनले भने, ‘‘यो उच्चस्तरको तयारी बैठक हो । सचिवस्तरीय बैठकले सम्मेलनमा प्रस्तुत गरिने विषय तय गरिनुका साथै यस सङ्गठनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।’’

सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुने बैठक पूर्व भदौ १२ गते सचिवस्तरीय बैठक, १३ गते मन्त्रीस्तरीय बैठक बस्ने छ । बैठकमा सहभागी हुनका लागि सात वटै सरकार प्रमुखहरूको उपस्थिति सुनिश्चित भइसकेको छ । आयोजक राष्ट्रको हैसियतमा नेपालले सबै राष्ट्रमा निम्ता पठाइसकेको छ । आन्तरिक तयारीको क्रममा विभिन्न निकायसँग समन्वय तथा उच्चस्तरीय पूर्व पदाधिकारी तथा राजदूतहरूसँग अन्तरक्रिया गर्ने क्रम बढाएको छ ।

बिमस्टेकले यातायात र सञ्चार, पर्यटन, प्रति आतङ्कवाद र अन्तरदेशीय अपराध, वातावरण र विपद् व्यवस्थापन, ऊर्जा, जनस्वास्थ्य, कृषि, व्यापार र लगानी, प्रविधि, मत्स्य विकास, गरिबी निवारण, जनता–जनताबीचको सम्बन्ध, जलवायु परिवर्तन र सांस्कृतिक सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) जोड्ने यो सङ्गठनमा नेपालका साथै बंगलादेश, भारत, म्यान्मार, श्रीलङ्का, थाइल्याण्ड र भुटान सदस्य छन् । म्यान्मार र थाइल्याण्ड आसियान मुलुकका सदस्य हुन भने अन्य सबै मुुलुक सार्कका सदस्य हुन् ।

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...