सामसुङको १ खर्ब ६० अर्ब डलर लगानीको योजना

  • admin August 9, 18 1:58 pm
  • Comments
  • 74 Views

सामसुङ ग्रुपले एक खर्ब ६० अर्ब डलर लगानी गर्ने भएको छ। त्यसका साथै आगामी तीन वर्षमा ४० हजार रोजगारी सिर्जना गर्ने सामसुङले बताएको छ।

कम्पनीका अधिकारीहरुले भने अहिले अघि सारिएको योजनाले आगामी दिनमा दक्षिण कोरियाको अर्थतन्त्रमा पनि सुधारको लागि मौका मिल्ने बताएका छन्। अहिले दक्षिण कोरियाको यो कम्पनी मुन जाइ–इनको नेतृत्वमा रहेको सरकारमा रोजगारीको सिर्जनामा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

विश्लेषकहरुले अहिले सार्वजनिक भएको नतिजा श्रम बजारको लागि निकै महत्वपूर्ण हुने बताएका छन्। साथै पछिल्लो समय देखिएको कमजोर खपतले पनि कम्पनीलाई आर्थिक हिसाबमा महत्वपूर्ण नतिजा हासिल गर्नु आवश्यक रहेको बताइएको हो। यसले करिब सात लाख रोजगारीहरुको लागि सहयोग पुग्ने बताइएको छ। अहिले ल्याइएको एक खर्ब ६० अर्ब डलरको लगानीमध्ये १ खर्ब १६ अर्ब दक्षिण कोरियामा खर्च हुनेछ।

सामसुङले आफ्नो २२ अर्ब डलरबराबरको रकम आविष्कारको क्षेत्रमा लगानी गरिने बताएको छ। विशेषगरी सो रकम एआई, ५जी लगायतका क्षेत्रहरुमा खर्च गरिने कम्पनीले बताएको हो। त्यसका साथै अहिले यो कम्पनी अर्धधातु र डिस्प्ले प्यानलमा पनि महत्वपूर्ण लगानीको दिशामा अघि बढिरहेको पाइएको हो। एजेन्सी ।

 

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...