११ लाखको चिप्लेकिरा नेपालले चीनलाई बेच्यो

  • admin August 9, 18 3:27 pm
  • Comments
  • 137 Views

२०७४ को साउनदेखि असारसम्मको १२ महिनाको अवधिमा नेपालले चीनलाई ११ लाख १५ हजार रुपैयाँको चिप्लेकिरा बेचेको छ । यो अवधिमा, ९ हजार ६ सय १ किलो चिप्लेकिरा चीन निर्यात गर्दा ११ लाख १५ हजार रुपैयाँ आम्दानी भएको भन्सार विभागले जनाको छ । यो हिसाबले, चिप्लेकिरा किलोको १ सय १६ रुपैयाँको दरले बिक्री भएको छ ।

जमिनमा बस्ने चिप्लेकिरादेखि सफा पानीमा बस्ने र समुद्री चिप्लेकिरा चीन सहित स्पेन, फिलिपिन्स, मोरक्को, नाइजेरिया, अल्जेरिया, क्यामरुन, फ्रान्स, इटली, पोर्चुगल, ग्रीस, बुग्लेरिया, बेल्जियम, भियतनाम, लाओस, कम्बोडिया, साइप्रस, घाना, माल्ट र नेपालका तराई क्षेत्रमा समेत खाने गरिएको पाइन्छ । तर, नेपालले भने यसको निर्यात चीनमा मात्रै गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

विश्वका विभिन्न मुलुकमा चिप्लेकिराको परिकार बनाएर खाइन्छ । यसका अतिरिक्त चिप्लेकिरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छ । यसका साथै ताकत बढ्छ ।

नेपालका ग्रामिण भेगमा पहिलेदेखि चिप्लेकिरा र यसको फुल औषधीको रुपमा खाने चलन छ । केही ठाउँमा गोरुलाई खुराकका रुपमा चिप्लेकिरा खुवाउने गरिन्छ । चिप्लेकिरा खाएमा यौन शक्ति बढ्ने आयुर्वेदिक चिकित्सकहरुको दाबी छ ।

विश्वका केही मुलुकमा महामारी नियन्त्रणका लागि समेत चिप्लेकिराको प्रयोग भएको पाइन्छ । सन् १८०० को दशकमा स्कटल्याण्डमा प्लेग फैलिएको बेलामा चिप्लेकिरालाई खानाको रुपमा प्रयोग गरेको इतिहास छ ।

चिप्लेकिराको प्रयोग सौन्दर्य सामग्री बनाउन समेत प्रयोग गर्ने गरेको पाइन्छ । अनुहारको चाउरीपना र दाग हटाउनका साथै छालाको सुख्खापन हटाउनका लागि बनाइने सौन्दर्य सामग्रीमा चिप्लेकिरा प्रयोग गरिन्छ ।

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...