नेकपाका अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमणको मिति तय

  • admin August 10, 18 12:06 pm
  • Comments
  • 58 Views

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमण तय भएको छ ।

स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका लागि बेइजिङ जानेछन् ।
एमाले र माओवादीबीच एकतापछि प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हुनेछ । प्रचण्डको भ्रमण पहिला आफ्नो देशबाट गराउने विषयमा काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासले दौडधूप थालेका थिए । तर, प्रचण्डको पहिलो भ्रमण भारतबाट हुने तय भएको छ ।

भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्नेछन् । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्नेछन् । यस अघि पछिल्लो पटक दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले भारत र चीनको भ्रमण गरेका थिए । भारतको गोवामा भएको विमस्टेक सम्मेलनमा तत्कालीन प्रधानमन्त्रीका रुपमा सहभागी प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जीनपिङ एकै ठाँउको बसेको दूर्लभ तस्वीर सार्वजनिक भएको थियो ।

यस अघि गत जेठमा प्रचण्डले विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कुराकानी गरेको भन्दै उनले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न आउन निम्तो दिएको पनि बताएका थिए । त्यसबेला नै प्रचण्डले छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने तयारी गरेको पनि बताएका थिए । त्यसबाहेक प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको जानकारी दिएका थिए ।

साउन दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको निमन्त्रण दिएका थिए । प्रचण्डले प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएका थिए ।

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...