फर्जी भन्नु गलत हो, इन्काउन्टरमै मारिएका हुनः गृहमन्त्री बादल

  • admin August 10, 18 12:36 pm
  • Comments
  • 100 Views

गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको जनाएका छन् । उनले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत बताए ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरेका छन् ।

फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’ गृहमन्त्री थापाले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गर्दै भने, ‘२४ घण्टाभित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ, मूल कुरा त्यो हो । ’
छानविनपछि ‘मूल कुरा’
गृहमन्त्री थापाले विहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इन्काउन्टरबारे गृहमन्त्रालयले छानविन गर्ने बताएका थिए । तर, त्यसबारे छानविन नगर्दै शुक्रबार गृहजिल्ला चितवन पुगेका मन्त्री बादलले त्यो ‘फेक इन्काउन्टर’ नभएको ठोकुवा गरेका हुन् ।
भक्तपुरमा बालक निशान खड्काको अपहरणपछि हत्या हुँदा र त्यसपछि प्रहरीले अपहरणकारीमाथि गोली चलाउँदा गृहमन्त्री थापा नेपालमा थिएनन् । त्यसबेला मन्त्री थापा इण्डोनेसियाको बालीमा आयोजित एक कार्यक्रममा भाग लिन गएका थिए ।
गृहमन्त्री थापा आफैंले अपराधीहरुलाई निस्तेज पारिनु ‘मूल कुरा’ भएको बताइसकेपछि अब विहीबार उनैले संसदीय समितिलाई दिएको छानविनको आश्वासन भने कार्यान्वयनमा नजाने संकेत देखिएको छ ।
गृहमन्त्री नेपाल फर्केर आइसक्दा नसक्दै प्रहरीले गरेको ‘इन्काउन्टर’ विवादमा परेको थियो । मारिएका अपहरणकारीका परिवारले मानवअधिकार आयोगमा समेत पुगेर यस विषयमा छानविन गर्न माग गरेका थिए ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय पनि यसबारे छानविन समिति गठन गर्नेमा नकारात्मक थिएन । र, सोही अनुसार गृहमन्त्री थापालाई सुरुमा इन्काउन्टरबारे छानविन समिति गठन गरिनुपर्ने भएको थियो । र, प्रहरी हेडक्वार्टरको सोही लाइनमा टेकेर मन्त्री थापाले विहीबार संसदीय समितिको बैठकमा इन्काउन्टरबारे छानविन हुने वचन दिए ।
यसैवीच विहीबार नै महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रतापसिंह ले गृहमन्त्री थापासँग भेट गरे । सिंह नेतृत्वको टोलीले गृहमन्त्रीलाई ब्रिफिङ गर्दै भन्यो कि त्यो घटना फेक एन्काउन्टर होइन, साँच्चैको इन्काउन्टर नै हो ।
सम्भवतः मन्त्री थापा महाशाखाको भनाइमा कन्भिन्स भएकैले शुक्रबार उनले भरतपुर विमानस्थलपुगेपछि अपराधीहरुलाई ठाउँको ठाउँ मारिनु फेक इन्काउन्टर नभएको स्पष्टीकरण दिएका हुन् ।

गृहमन्त्री थापा आफैंले यो फेक इन्काउन्टर नभएको र अपराधीहरुलाई निस्तेज पारिनु ‘मूल कुरा’ भएको बताइसकेपछि अब विहीबार उनैले संसदीय समितिलाई दिएको छानविन समिति गठनको आश्वासन भने कार्यान्वयनमा नजाने संकेत देखिएको छ ।

  • न्युज

न्युज

सार्वजनिक सवारी साधनले पालना गरेनन् फोहोर नफाल्ने नियम

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल...

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...