सौर्य ऊर्जा खरिदको सम्झौत

  • admin August 13, 18 10:24 am
  • Comments
  • 130 Views

नेपाल विधुत् प्राधिकरणले एकपछि अर्को गर्दै सौर्य परियोजनाका विधुत् खरिद सम्झौता गरेको छ ।
ऊर्जा मिश्रणको अवधारणा अनुसार प्राधिकरणले सौर्य परियोजनाबाट उत्पादित विधुत् खरिदका लागि सम्झौता गरेको हो ।
प्राधिकरणले दुई परियोजनाबाट उत्पादित १२ मेगाबाट सौर्य ऊर्जा खरिदको सम्झौता गरेको हो ।
अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विधुत् खरिद सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
कम्पनीले पर्साको परवानीपुरमा आठ मेगावाट र रौतहटको चन्द्रनिगाहापुरमा चार मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्न लागेको छ । ती आयोजनासँग प्रतियुनिट सात रुपैयाँ ३० पैसामा आगामी २५ वर्षका लागि विधुत् खरिद सम्झौता गरेको हो ।
सम्झौतामा प्राधिकरण उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले हस्ताक्षर गरेका छन् ।
उत्पादित विधुत् प्राधिकरणको नजिकैको सवस्टेशनमा जोडिने छ । आगामी १० महिनाभित्रै विधुत् उत्पादन गरी सवस्टेशनमा जोड्ने तयारी गरिएको र आजको सम्झौताले आफूहरुलाई उत्साहित बनाएको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।
उनका अनुसार आगामी भदौको पहिलो सातादेखि नै सौर्य ऊर्जा प्रणाली जडानको काम शुरु हुनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विधुत् विकाससम्बन्धी कार्य्विधि २०७४’ अनुसार विधुत् खरिद सम्झौता भएको हो ।
बजारमा सौर्य पाताको मूल्य घटेको र अन्तर्र्रािष्ट्रयरुपमा नै सौर्य ऊर्जा प्रणालीको मूल्यसमेत क्रमशः ओरालो लागेको छ । प्राधिकरणले ऊर्जा मिश्रणको अवधारणाअनुसार नुवाकोटमा २५ मेगावाटको सौर्य प्रणाली जडान गर्न लागेको छ ।
सो परियोजनाको समेत निर्माण शुरु भइसकेको छ । विद्युत् विकास विभागले हालसम्म ४४ वटा सौर्य परियोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । ती परियोजनाको क्षमता २२२ मेगावाट छ ।

  • न्युज

न्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ९ अर्ब बजेट

नागरिक उड्डयन प्राधिकरण(क्यान)ले यो वर्षका लागि ४५ अर्ब १७ करोडको बजेट स्वीकृत गरेको छ। देशभरका विमानस्थल...

तीन-चार वर्षभित्रमा गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् । ...

मेस्सीले अर्जेन्टिनाबाट नखेल्ने

स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् ।...

आजबाट टाटा मोटर्स कार मेला सिजन–६ सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स...

म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द

बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविधुत् आयोजना बन्द भएका छन् । बाढीले असर...