जनताले छिट्टै ओली सरकारको विकल्प खोज्छन् : बाबुराम

  • admin August 13, 18 10:29 am
  • Comments
  • 27 Views

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले जनताले छिट्टै सरकारको विकल्प खोज्ने बताएका छन्।

हरेक महिना गृहजिल्ला गोरखा आउने क्रममा शनिबार गोरखा आइपुगेका भट्टराईले सरकारको अहिलेको गतिविधिका कारण जनताले छिट्टै विकल्प खोज्ने दाबी गरेका हुन्। भट्टराईले यस्तो दाबी गर्दै आफूले मुलुकमा अस्थिरता भने नचाहेको प्रष्ट पारे।

‘त्यत्रो लामो संघर्ष गर्दै १४ बर्ष जेल बसेर आउनु भएका प्रधानमन्त्री, ठूलो विद्रोहको नेतृत्व गरेर आउनु भएका प्रचण्ड र मेरै सहकर्मी माओवादी साथी सहभागी सरकारले जनता र राष्ट्रको पक्षमा केही काम त गर्छ कि भन्ने लागेको थियो’, गोरखाका सांसद रहेका भट्टराईले भने, ‘तर उहाँहरुले केही पनि गर्नुभएन। उल्टै पाँच–छ महिनाको समयभित्र नै उहाँहरुले जनविरोधी, राष्ट्रहित विरोधी चरित्र देखाउनु भयो। त्यो चाहिँ बडो चिन्ताजनक बिषय छ। त्यसैले जनताले छिट्टै नयाँ विकल्प खोज्छन्।’

सरकारले दुई तिहाइको दुहाइ मात्र दिएर नभै जनपक्षीय काम गर्नुपर्ने उनको भनाइ छ। ‘चुनावमा उहाँहरुले बाँड्नु भएको घोषणापत्र अनुसारको काम त जनताले खोज्छन्’, उनेले भने, ‘मेरो भनाइको गलत व्याख्या पनि हुन सक्छ। तर यो सरकार अस्थिर बनोस् भन्ने मैले कत्तिपनि चाहेको छैन।’

भ्रष्टाचारी, कालोबजारी, कमिशनखोरी, तस्करसँगको साँठगाँठ, सिण्डिकेट र कार्टेलिङले सरकार बदनाम भएको उनको भनाइ छ। ‘भ्रष्टाचारी, कालोबजारी, कमिशनखोरी, तस्कर, सिण्डिकेट र कार्टेलिङको नियन्त्रण गर्ने भनेर अलिकति आवाज उठेको त थियो तर पछि आफ्नै आसेपासे मान्छे रहेको पाइयो’, उनले भने, ‘जसले खर्च दिएर नेता पाल्छन्, खर्च दिएर चुनाव जिताउँछन्, तिनको दबाबले गर्दा उहाँहरु पछि हट्नु भएको छ।’

 

  • न्युज

न्युज

नबिकेपछि सिमेन्ट सित्तैमा

गुणस्तरिय उत्पादन भन्दा पनि बढी एस्पोजर खोज्ने सामान बिक्न छोडे पछि सित्तैमा दिएको उदारण कहिले काही...

लिभरपुलको लगातार दोस्रो जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। सिजनको आफ्नो दोस्रो खेलमा लिभरपुलले सोमबार...

जापानी कार कम्पनी निसानले चीनमा ९० करोड डलरको लगानी गर्ने

जापानी कार निर्माता निसानले चीनमा ९० करोड डलर लगानी गर्ने भएको छ। उसले चीनमा आफ्नो नयाँ...

राजनीति कर्मचारी दरबन्दी र मर्यादाक्रमबारे राष्ट्रपतिलाई जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी...

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास,...